बागमती प्रदेशको हेटौंडामा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले आयुर्वेद सेवाको प्रवद्र्धन गर्न मकवानपुरका सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गरेको छ ।
बुधाबार आयोजना गरिएको कार्यक्रममा आयुर्वेद उपचार सेवाप्रति विश्वास बढिरहेको बताउदै मकवानपुरमा चालु आर्थिक वर्ष २०८०र०८१को जेष्ठ मसान्त सम्ममा करिब ३३ हजार विरामीले आयुर्वेद सेवा लिएको चिकित्सालय प्रमुख डा.ललिता पाण्डेले बताइन् ।

सेवामा हेटौंडा – २ वनस्खण्डीमा रहेको चिकित्सालयमा १७ हजार ६ सय ८० जनाले सेवा लिएको र हटिया आयुर्वेद औषधालयबाट २ हजार २ सय ३९ जना, चुरियामाई औषधालयबाट १ हजार ३सय ८०, काँकडा औषधालयबाट २ हजार ३ सय र नागरिक आरोग्य सेवा केन्द्रबाट ९ हजार ३सय ९२ जनाले सेवा लिएके प्रमुख डा. पाण्डेले जानकारी गराईन् ।

चिकित्सालय प्रमुख डा. पाण्डेले जानकारी दिए अनुसार चिकित्सालयले वहिरङ्ग सेवा, निःशल्क औषधि वितरण, सशुल्क फार्मेसी सञ्चालन, पुर्वकर्म पञ्चकर्म सेवा, निशुल्क योग परामर्श, पथ्यअहार कार्यक्रम, जेष्ठ नागरिक सेवा, अकुपन्जर सेवा लगायतका सेवाहरु दिँदै आइरहेको छ । चिकित्सालयले २३ थरिका औषधि निःशुल्क वितरण गर्ने गरेको छ ।

यस्तैगरि बहिरँग सेवा,प्रयोगशाला सेवा , फिजियोथेरापि, क्षारसुत्र, पुर्वकर्मर पञ्चकर्म , अकुपञ्चर ,योग शुल्क औषधि वितरण, सस्शुल्क फार्मेसि ,जेष्ठ नागरिक तथा स्तनपान गराउने आमाहरुकालागि विशेष सेवा, उपचार तथा जडिबुटी सम्बन्धि परामर्श दिने विद्यालय आयुर्वेद शिक्षा सञ्चाल निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर आयुर्वेद सम्बन्धि जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेको प्रमुख डा. पाण्डेले बताइन् ।
त्यस्तैगरि सेवामा रहन नागरिक आरोग्य सेवा केन्द्र ,मनहरी गा।पा।(९,रजैया,मकवानपुर,नागरिक आरोग्य सेवा केन्द्र ,बकैया गाउँपालिका हात्तीसुँडे ३, नागरिक आरोग्य सेवा केन्द्र, बागमती गाउँपालिका ४,पाँचपाण्डव, नागरिक आरोग्य सेवा केन्द्र ,कैलाश गाउँपालिका ८, नागरिक आरोग्य सेवा केन्द्र ,थाहानगरपालिका ३,शिखरकोटमा सेवा दिइरहेको बताइन् ।

डा. ललिता पाण्डेको सभाध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा आयुर्वेद कन्सल्टेण्ट साइरस न्यौपानेले तनाव व्यवस्थापन सम्बन्धी जानकारी गराएका थिए ।उक्त कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका समन्वय अधिकारि सुर्यप्रसाद चापागाईं, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, बिभिन्न सञ्चार मात्तयममा आवद्ध सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

रातो समाचार संवाददाता
थप जानकारी