हेटौंडा-  बैशाख २१ गते शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘मनसरा’ लाई दर्शकहरुले साथ दिएका छन् ।

जारी पछि उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको ‘मनसरा’ ले प्रिमियरमा लोभलाग्दो प्रतिक्रिया पाएसंगै दर्शकहरुले साथ दिएको देख्दा चलचित्रको सुखद व्यापार हुने निर्माण पक्षको विश्वासले साथ पाउने संकेत देखिएको छ ।

सन्तान उत्पादन गर्ने वस्तु हुन् भन्ने र निसन्तानको समस्यामा परेपछिको दोष महिलाले पाउनु अनि परिवार, समाजबाट भोग्नुपर्ने चुनौती र अन्तरजातीय सम्बन्धलाई देखाइएको
सामाजिक, जातीय र मनोवैज्ञानिक पक्षबाट बनेको भन्न सकिन्छ ।

चलचित्रलाई सिनेमाका निर्माता शैलेन्द्रध्वज कार्कीले छायाँङ्कन गरेका छन् ।  विष्णकुमार लिम्बू, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बू थाक्लुङ सह–निर्माताका रुपमा छन् ।

चलचित्रमा मिरुना मगर , दयाहाङ राई, प्रविण खतिवडा, मेनुका प्रधान अभिनेता हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राई लगायतको अभिनय रहेको छ ।

नेपाली सिनेमा जगतमा पहिलो फिल्म जारी  बाट नै निर्देशकका रूपमा स्थापित हुन सफल उपेन्द्र सुब्बाले  दर्शकहरूको मनमा छाप छोड्न सफल भएकै हुनु । ‘मनसरा मान्छेको कथाभन्दा बढी समाजको कथा खाल्डोको कथा जातीय मतभेद र आन्दोलनलाई सम्बोधन गर्ने कोसिस गरेका छन ।
बाँझोपनका कारण स्त्री जाति र पुरुष जातिबीच युगौँदेखि चलिआएको चलनको अन्त्यका लागि अघि सरे भन्न पनि सकिन्छ । फिल्ममा हरेक कलाकारको अभिनय आँखामा रहन्छ ।

………………….

‘मनसरा’ नियाल्दै गर्दाका थोरै कुरा

हम्रो देशमा बहुजाती भाषा, धर्म, संस्कृति भएसंगै धार्मिक मान्यता जोडेर मानिने बिभिन्न परम्पराका कारण पर्ने हावी भएको गम्भीर अनि महत्वपुर्ण विषयलाई कलात्मक ढङ्गले पर्दामा दृश्यनै देखाउन चुनौतीनै भएपनि शाहास गर्नु यसका लागि सलाम गर्नै पर्ने हुन्छ ।

एक महिलाको जिवन अनि जिवन चलाउन झेल्नुपर्ने परिस्थितिलाई देखाउँन उठान गरेर कथालाई उपेन्द्र सुब्बाले न्याय गर्ने कोशिस सफल भएको मान्न सकिन्छ ।

‘मनसरा’ कथा एकदमै गहन विषय भएपनि सहज ढङ्गबाट प्रस्तुत गरिएर पात्रहरु उभिदा मात्र पनि धेरै कु्रा बुझाउने प्रयास अनि पात्रहरुका संवादले कतै मन छुन्छ त कतै रितिरिवाजका बारेमा प्रष्ट बुझ्न सकिन्छ ।

चलचित्र सूरु हुन्छ एक नौजात शिसु जन्मबाट अनि बिभिन्न आरोह अवरोहलाई प्रस्तुत गरेको मनसरा सूरुहुन साथ पात्रहरुविच आफै रहेको अनूभुत गराउदै दर्शकलाई टक्क अडाउन सक्नु उपेन्द्र सुब्बाको खुबि नै हो ।

एक ब्रामहाण प्रुष जो भैसी पालेर दुग्ध जन्य पर्दाथ बिक्रि गरेर जिविका चलाइ रहेका हुन्छन्।
छेउमै एक लिम्बु थरकी महिला आफ्नो सानो छोरा हुर्काउन सँुगुर पालेर संर्घष गरिरहेकी हुन्छिन् । जसको श्रीमान उधौलीमा फर्किन्छु भनेर वाचा गरेता पनि नफर्केको प्रेमी दयाहाङ राई० को नासोलाई हुर्काउने लिम्बु पात्र मिरुनाले पनि कथा अनुसार संवाद र अभिनयलाई निकै न्याय गरेकी छिन् ।

‘मनसरा’  नामबाट महिला–पुरुषको प्रेम, नाता, सम्बन्ध समाजमा चलेको सामाजिक चलन, समस्या, आवश्यकता र वैचारिकी प्रतिको दृष्टिकोणलाई देखाउने भरपुर प्रयास गरिएको भन्दा कुनै फरक पर्दैन ।

यता पुरुष बाबु बन्ने अनगिन्ति सपना बुनेका ब्रामहाण सन्तान नहुन साथ लगातार श्रीमती ल्याउने तर, सन्तान नहुनमा महिलानै दोषि भन्ने सोचमा भौतारिएका हुन्छन् ।

यता कसैको नासो हुर्काएर प्रेमीको पर्खामा बसिरहेकी छिमेकी लिम्बू थरकी महिला लाई सहयोथि भावाना देखाएर सघाउने निहुँमा अन्तरजातीय सम्बन्ध अगाडि बढाउन खोज्ने कथामा देखाइएको छ ।  कथामा अरु के हुन्छ यसकालागि चलचित्रमै छोडिदिन्छु ।

पिण्ड दिनलाई सन्तान आवाश्यक भन्दै गर्नु अनि सन्तान नहुदा दोष महिलामाथिनै थोपर्नु र फेरि सन्तान हुर्काउन एक्ली आमाले संघर्ष गरिरहदा पुरुषको नजर महिला माथिनै पर्नु यस्ता गहन विषय उठाइएको हो ।

‘कुलदेवी र छोरी मान्छेको श्राप लाग्छ’ भन्ने सामाजिक मान्यताले पर्ने असरलाई देखाउने प्रयासमा बनेको चलचित्र हो भन्न सकिन्छ ।

उता श्रीमतीको खोजीमा पात्र दयाहाङ राई काठमाडौँका गल्ली गल्लीमा ‘महिला हराएको सूचना टाँस्न व्यस्त हुने गरेका हुन्छन् । सन्तानको चाहना हुनु स्वभाविक नै हो ।

मृत्युपश्चात् छोरोले पिण्डदान नगरे ‘स्वर्ग’ जान नपाईने मान्यताले निःसन्तान भएकैले दोस्रो विवाह गरेर आशा बोक्नु यौनिक क्षमता परीक्षण र वंशविस्तारका लागि भौतारिनु समाजमा पुत्रबिना वंशविस्तार नहुने भन्दे गर्दा एक असल श्रीमान र असल छोरो बन्बाट बञ्चित हुनुपरेको यर्थाथ देखाइएको हो ।

चलचित्र हेर्दै जाँदा ‘मनसरा’ को अर्को विषय : प्रेम  प्रेमलाई वैवाहिक आवश्यकता अनि यौनको आँखाबाट मात्रै हेर्ने केटामान्छेहरूले बास्तविक प्रेम नै बुझ्दैनन् भन्ने देखाइएको छ भने असल छिमेकी पाइएको भन्दै खुसी भइरहेकी लिम्बु महिला मिरुनाको बेलाबेलाको संवादले मनै छुन्छ । कथा अनुसार उनले “मुसाको पुच्चछर रेती जस्तो हुँदै कान्छी जेठी जस्तो लिम्बुहरुले पालोमा भन्छ,  जेठी बुढी जस्तो  कान्छी बुढी हुँदैन, है बाजे।”

‘बाउ हुन सजिलो छै न, बाजे ’  ब्राम्हण जातीका पुरुषलाई भन्दै गर्दाको अवस्थामा बोलेको यति शब्दपनि निकै घत लाग्दो सुनिन्छ ।

कुन प्रसंगमा किन ? यो चलचित्रमै है त ।

संवाद संगै अभिनयको हाउभाउले दर्शकलाई म आफै पात्र हुँ भन्ने आभाष गराउन सक्नु निर्देशकको मेहनत मिरुनाको कलाले पुर्णता पाएको भन्दा फरक पर्दैन ।
एनको यस्ता गज्जबको संवादहरु छन् ।

भन्छिन् ‘प्रेम त मनसँग गर्ने हो, लोग्ने मान्छेहरू त शरीरसँग गर्दा रैछन् । तपाईंलाई पनि यो शरीर भोग्ने इच्छा हो भने भोग्नोस्।’

उनी भन्छिन्, ‘सयवटीको पोइ हुन सजिलो होला तर एउटा प्रेमी हुन त गाह्रो पो छ त । मुखले मायाप्रेम गर्छु भन्न सजिलो, सुँगुरोको मासु खानु, रक्सी खानु सजिलो त हैन। तर आफू जे हो, त्यस्तै जीवनमा भइरहनु पो गाह्रो हो त। सुँगुरको मासु खाँदा, रक्सी खाँदा पत्याउने, नखाँदा नपत्याउने भन्ने पनि हुन्छरु’ मिरुनाको यो संवादले छुट्टै तरङ्ग पैदा गरेको हुन्छ ।
यो संवाद कतिबेलाको हो यो भने चलचित्रमै छोडिदिएँ ।

संस्कृतिमै केन्द्रित रहेर बाह्मण र लिम्बूबीचको सांस्कृतिक गाई–भैंसी र सुँगुर, गोबर र लिदी, जनै र पालाम, खुवा र तोङ्बा, रक्सी र दूधजन्य पर्दाथहरुको महत्व
एकअर्काको संस्कृतिलाई सम्मान गरेर मात्रै सहयात्रा सम्भव रहने देखाउन खोजिएको मान्न सकिन्छ ।

पुरुषप्रधान समाजमा महिलालाई सम्मान दिने प्रयासमा निकै छोटो भूमिका निभाएका पात्र दयाहाङ राइले कविताको लयमा भावानाहरु व्यक्त गरिरहेका हुन्छन्।

समाजको मौलिकता पनि यहीं देखिन्छ र जटिलता पनि । सिनेमाको स्क्रिप्ट नै कमजोर हुने गरेको गुनासो हुने गरेपनि निर्देशकले यस कुरालाई पछि परेका छन् ।

हेरुञ्जेल ‘मनसरा’ ले  दर्शकलाई  बाँधेर राख्छ भने सामाजिक कथावस्तुमा बनेको  पारिवारिक फिल्म हो भनेर ठोकुवा गर्दा फरक पर्दैन ।

 

हेटौंडा – ४ नारायणी मलमा रहेको एनएस सिनेमा हलमा शानदार पर्दमा हेर्न सकिने  छ । संपर्क नम्बर 057-520949

 

राजेश गरिब
थप जानकारी