राष्ट्रपति बिद्यादेवी भण्डारीद्धारा  हेटौंडा अस्पतालको   नयाँ भवनको उद्धघाटन गरिएको छ ।

राष्ट्रपति बिद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको हेटौंडा अस्पताल मदन भण्डारी विज्ञान प्रतिष्ठान ७० शैयाको नयाँ भवनको आज विशेष समारोहबिच राष्ट्रपति भण्डारीले उद्घाटन गरेकी हुन् ।

गएको भदौ १९ गते देखी नव निर्मित भवनबाट सुचारु भएसंगै सेवाहरु थप प्रदान गर्दै आएरहेको अस्पतालमा सेवा हरु थपिदै आइरहेको छ ।

नयाँ भवनमा ७० बेड सञ्चालन भएसँगै अब हेटौँडा अस्पतालमा २ सय बेड नियमित सञ्चालन भएका छन् । अस्पतालको नयाँ भवन निर्माणसँगै अस्पतालको इमरजेन्सी बेड संख्या ८ बाट २४ वटामा वृद्धि भएको छ  ।

बिस्तार गरेको सेवाहरु र कामकोृ आधारमा मुल्याङ्कन पर्दै हेटौडा अस्पतालले ८० प्रतिशत अकं प्राप्त गनै सफल भएको थियो।
अस्पतालको उपकुलपति तथा मुल आयोजक समितीका संयोजक प्रा. डा. बिश्वाराज जोशीको सभाध्यक्षतामा सम्पन्न उद्धघाटन कार्यक्रममा बागमती प्रदेश अन्तरगर्त मन्त्रालयका मन्त्रि, स्थानियतहका व्यक्तीत्वहरु, राजनितिज्ञ लगायत अस्पतालमा कार्यरतहरुको उपस्थिति रहेको थियो।

 

picture- अञ्जली थापा