हेटौंडाका  सुजित बिडारीले निमार्ण तथा निर्देशन गरेको नेपाली चलचित्र “ऐना झ्यालको पुतली”  शुक्रबार देखि प्रर्दशन हुने भएको छ ।

बिडारीद्धारा निमार्ण र निर्देशन गरिएको नेपाली चलचित्र  “ऐना झ्यालको पुतली”  गएको शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै हेटौंडा ४ नारायणी मलमा रहेको एनएसस सिनेमा हलमा प्रिमियर सो गरिएको थियो ।

प्रिमीयर सो हेरर  मकवापुरका जनप्रतिनिधि, बुद्धिजिवि, संचारकर्मीहरुले करिब २७ वर्ष अघिको कथा वस्तुलाई उठान गरि निर्माण गरेको र यसले आफुहरुलाई विगतमै फर्काएको अनुभुत गराएको बताए ।

विडारीको कथा लेखन तथा निर्देशनमा तयार भएको चलचित्र  उत्कृष्ट चलचित्र बनेको प्रतिक्रिया आएको थियो ।

उनिहरुले नेपाली पनको  बिना रसायनको अर्गानिक चलचित्र भएको उल्लेख गरेका छन्।

प्रिमीयर सोमा  बिडारीले उक्त चलचित्र भदौ २४ गते प्रर्दशन गरिने तयारीमा लागिएको बताएका थिए  ।

सोही  अनुसारै हेटौंडा ४ नारायणी मलमा रहेको  एनएस सिनेमा हलमा पनि प्रर्दशन हुने भएको हो ।

निर्माण समयदेखि प्रर्दशनको दिन आईपुग्न सबैको माया र साथ पाएको बताए । नेपालको विगतलाई झल्काउने कथामा निर्मित चलचित्र हेरेर साथ दिन निर्देशक बिडारीले सबैमा आग्रह गरे ।

चलचित्रमा सिरु विष्ठ, कन्चन चिमोरिया, दिनेश खत्री, अशोक शिवाकोटी, क्षितिज लिम्बु, उमेश श्रेष्ठ, विशा चाम्लिङ राई, मल्लिका श्रेष्ठ, राज थापा, पदम प्रसाद पौडेल लगायतको कलाकारहरुको अभिनय रहेको छ । बिडारीको निर्देशन राम कृष्ण पोखरेल, आकाश पौडेल तथा प्रविन स्याङ्बो सहित निर्देशक बिडारीले संयुक्त रुपमा निर्माण गरेका हुन्।

 

चलचित्रलाई एनएस सिनेमा हलमा शानदार २ वटा पर्दमा हेर्न पाइने भएको सञ्चालक नवराज आचार्यले बताएका छन् ।

आफ्नो परिवारको साथमा चलचित्र हेर्नका लागि एनएस सिनेमा हलको संपर्क नम्बर 057520949 मा अग्रिम बुकिङ्ग गर्न सकिने आचार्यले बताए ।

………………..

२७ वर्ष अघिको अनुभवमा  नेपाली चलचित्र  “ऐना झ्यालको पुतली “नेपाली चेलीले गाउँमा गर्नुपर्ने काम अनि संघर्षको गाथा । 

समय बि.स. २०५२ सालको झझल्को गराउने त्यो समय संघर्ष गरिरहेकी आमा, एउटी किशोरी र हुर्कंदै गरेको सानो भाइबाट सूरुहुने  कथाको वृतचित्र ऐना झ्यालको पुतली । त्यही कथामाथि देखाइएका त्यो समयका कथासंगै प्रस्तुत  गरेका हरेक गतिबिधि सहित  दिदीभाइको भावनात्मक सम्बन्धमाथि ‘ऐना झ्यालको पुुतली’ बाट सुजितको न्यायपुर्णकाम देखिन्छ ।

‘ऐना झ्यालको पुतली’ नेपाली समाजलाई टाढाबाट नियाल्ने  गरि  समाजभित्रको कथा एउटा भावनात्मक यात्रा  र आख्यानिक सिर्जना भएको छ ।

 

……………………

कथा सूरु हुन्छ, एउडा बट्टामा बन्दगरेको पुतली अनि दिदीभाई बाट ।  

कक्षा ९ मा अध्ययन गरिरहँदा अभिनय गर्ने मौका पाएकी  कञ्चन चिमरिया लक्ष्मी चलचित्रमा दिदीको रुपमा प्रस्तुत  भएकी छिन्।

त्यसैक्रममा  सानो भाइले बट्टामा बन्द गरेको पुतली दिदीले उडाइदिन्छिन् । अनि  सानो भाई र दिदी विच झगडा हुन्छ ।

त्यही क्रममा आमाको भुमिकामा सिरु विष्ठले गाइ दुन्छिन् ।  त्यही सानोभाइलाई आमाले गाइको झिंगा धपाउन लगाउछिन् ।

त्यो सानो बालक आफुलाइमात्र काम लगाउने दिदीलाई काम नलगाउने भनेर आक्रोस हुन्छ ।

त्यही दृश्य अनि परिभेषलाइपनि निर्देशकले निक्कै न्याय गरेका छन् । गाउँले घर अनि गाइको गोठ हेर्दापनि २०५२ सालमै पुगेको अनुभव गराउछ ।  यसपछि के हुन्छ ?  अहिलेलाई कौतुहल्तामा राखें ।

अर्को कुरा त्यतीबेला कुनै सञ्चार माध्यमको प्रयोग दुर्लभै थियो ।अलि सम्पन्न व्यक्तीको घरमा सादा टिभी त्योपनि १४ इञ्चको अनि हेर्नेहरुको भिड हुने गथ्र्यो।

गाउँमा मनोरञ्जन प्राप्त गर्न शनिबार बिदाको दिनमा चलचित्रहेर्न पाइन्थ्यो तर,  सादा टिभी त्योपनि पैसा तिरेर । यस दृश्य देखिएको छ । हेर्दा आफ्नै भोगाइ अनि  समय २०५२ सालनै होकी भन्ने अनुभव गराउछ ।

एउटी किशोरी पो पढ्ने चाहाना अनि निरन्तर संघर्ष । उनि परिक्षामा जब द्धतिय हुन्छिन् सारै दुखि हुन्छिन् ।

छोरीलाई पढाउने भन्ने सोच बोकेर आमाले गरेको संघर्ष अनि जोहो गरेको पैसा  जडिया लोग्नेले रक्सीमा खर्चा गरिदिन्छ ।आमाले जम्मागरेको पैसापनि त्यही समयको देखाइएको छ ।

अनि छोरीको शिक्षामा के हुन्छ ? यसकालागि कथा चलचित्रमै छोडिदिएं ।

फिल्ममा पनि गुलेली चलाउने दृश्य विचमा रेडियो नेपाल सुनेको रेडियो सहितको दृष्य । रेडियोमा समाचार अनि वाचिका कोमल ओलीको आवाजमा सुनाइएको छ ।फिल्ममा पनि गुलेली चलाउने दृश्ययसलेपनि २७ वर्ष पछि पुगेको आभाष हुन्छ ।

एउटी नारी जव रज्वसल्ला हुन्छिन् अनि परिवारबाट लुक्नुपर्ने समय अनि, त्याहा सानो भाइको ममता । बिद्यालयमा प्रयोग गरिएको नेपली किताब महेन्द्रमालाको प्रयोग । बालपत्रिका मुना यस्ताकुराहरु समेत देखाईएको छ ।

त्यसतै बिद्याालयमा गरिने कविता प्रतियोगितमा मञ्चको सिंगार अनि प्रयोग भएका स्रोतसाधान र बिद्यालयको अवस्थालाइपनि २७ वर्ष अघिकै भएको भल्किएको छ ।

कथामा आफै पात्र भएको बाराम्बार झलको दिने चलचि बास्तविक चित्रण गरिएको छ ।

दिदीसँग जोडिएका प्रस्तुत भएका  दृश्यले आँखा पनि पक्कै रसाएकै हो । “ऐना झ्यालको पुतली “ मनभित्र  गढिरहेको संस्मरण भएको छ ।

हेर्नै पर्ने चलचित्र भदौ २४ हेर्नकालागि मेरोपनि अनुरोध छ । ताकी विगतको इतिहास हाम्रा भावी पुस्ताले अनुभव गर्न पाउन् ।आगामी दिनमापनि यस्ता नेपालीपनको अर्गानिक  चलचित्र निर्माण, निर्देश गर्न र चलचित्रमा अभिनय गर्न डराउनुपर्ने अवस्था नआओस् ।

चलचित्रका सम्पुर्ण युनिटलाई सफलतको शुभकामना ।