मोरङको धनपालथान गाउँपालिका–७ मा रहेको उखु बारीमा खाल्डो खनेर पुरिएको अवस्था २ वटा शव भेटिएको छ। भेटिएको २ वटा शवमध्ये एउटा शवको पहिचान भएको छ।

धनपालथान–७ स्थित बबाली चोक नजिक दीलिप सिंहले लगाएको उखु बारीमा बुधबार उखु काट्ने क्रममा खाल्डो पुरेको जस्तो देखेपछि प्रहरीलाई उनीहरुले खबर गरेका थिए।

सिंहले लगाएको उखु बारीमा करिब २५ मिटरको दूरीमा २ वटा खाल्डोमा २ जनाको शव प्रहरीले उत्खनन गरेको बताएको छ। बुधबार राति र बिहीबार दिउँसो खाल्डोबाट शव निकालिएको हो।

बिहीबार उत्खनन गरी निकालिएको शव धरान उपमहानगरपालिका–३ का ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको भएको मोरङ प्रहरी प्रमुख जनार्दन जिसीले जानकारी दिए। श्रेष्ठ भक्तपुरमा बस्दै आएको खुलेको उनले बताए। श्रेष्ठको शवबाट नेपाल टेलिकमको सिम कार्ड, पर्स र सवारी चालक प्रमाणपत्र भेटिएकाले पनि पहिचान गर्न सहज भएको बताउँदै एसपी जिसीले भने, ‘घाँटीमा डोरीले बाँधेको डाम रहेको छ। परिवारका सदस्यसँग सम्पर्क गरिएको र उनका बारे विस्तृत खुलेको छैन। परिवारका सदस्य यहाँ आएपछि मात्रै विस्तृत कुरा आउने छ।’

बुधबार उत्खनन गरिएको अन्दाजी ३०/३५ वर्षका पुरुषको शव भने पहिचान भएको छैन। बुधबार निकालिएको शवको हात डोरीले बाँधिएको र घाँटीमा पनि डोरीको डाम छ। दुवै शवको प्रकृति एउटै भएका कारण अर्का व्यक्तिको पहिचान गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। दुवै शवको खोल्डो सानो घोलाकार र करिब १० फिट गहिरो रहेको थियो।

 

नागरिक न्युजमा चुमन बस्नेत लेख्नु भएको news साभार गरिएको हो ।

विस्तृत जानकारी लिन तलको लिङ्मा क्लिक गर्नुहोस्

https://nagariknews.nagariknetwork.com/social-affairs/726581-1643293662

https://nagariknews.nagariknetwork.com/social-affairs/726581-1643293662.html