५० औँ विश्व वातावरण दिवसको अवसरमाहेटौंडा २ मा रहेको  बालजागृति सेकेण्डरी स्कुलले चेतनामूलक विभिन्न साँस्कृतिक कार्यक्रमहरु आयोजना गरी मनाएको छ ।

विद्यालयमा कक्षा ६ तथा ७ मा अध्ययनरत बिद्यार्थीहरु द्धारा रचिएको नाटक मञ्चन गरि शिक्षकहरु र बिद्यार्थीहरु र्याली सहित नगर परिक्रमा गरेका थिए ।

वातावरण दिवसको सन्दर्भममा सबैको साझा पृथ्वी भन्ने मूल नारा अनुसार स्वच्छ वातावरण सफा नगर हुनुपर्ने अभियानका लागि कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक बिनोद सुबेदीले बताए ।

उनले अहिलेको अवस्थामा वातावरण प्रदूषण भइरहेको र न्यूनीकरण गर्न आवाश्यक रहेको जानकारी गराउन विद्यार्थीहरुलाई सहभागी गराईएको बताए ।

यसैविच शैंक्षिक सत्र २०७८ मा स्थापित बालजागृति इको क्लबका पदाधिकारीहरुद्वारा गमलामा फूलका बिरुवाहरु रोपी बालजागृति इको क्लब कर्नर स्थापना गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक बिनोद सुवेदीद्वारा सो कर्नरको समुद्घाटन गरिएको हो भने कर्नरले विद्यालयको प्राकृतिकमात्रै नभई शैक्षिक वातावरणको पनि शोभा बढाएको बताए ।