रोशन दिप – भारतको मध्य प्रदेश “ग्वालियर”मा जन्मिएका २२ वर्षिय युवक “अजय सोनी” कलाकारीता क्षेत्रमा केहि गर्ने मोह भएका व्यक्ति हुन् ।

उनले फिल्म इंडस्ट्रीमा संघर्ष गर्न थालेको आज ५ वर्ष भइसक्यो । आज उनि एम एक्स प्लेयर, ओटिटि प्ल्याटर्फम र बलिउडमा एउटा राम्रो फोटोग्राफर, डान्सर, एक्टर, राइटर र फाइटर को रुपमा परिचित छन् ।

पिता “राम अवताार सोनी र माता बादामी सोनी”का कान्छा छोरा अजयको “राखी सोनी” नामकी ठुल्दिदी, “दिप शिङ सोनी” नामका ठुल्दाइ र “रानी सोनी” नामकी सानी बहिनि पनि छिन् । उनले आफ्नो २२ वर्षको कम उमेरमै धेरै कुरा सिके र आज उनि त्यहि ग्यानलाई लिएर तिव्र गतिमा संघर्ष गर्दै अगाडी बढिरहेका छन् ।

“एस आर डी” फिल्म प्रोडक्सन ब्यानरमा बनेको वेव सिरिज “हत्कडी सिजन २” मा महत्वपूर्ण भुमिकामा “प्रहरी”को भुमिकामा देखिएका छन् । उनले “द ग्वालिएर”, “लभ स्टोरी”, “ग्याङगस्टर”, “अपराधकी साजिस” जस्ता वेवसिरिजमा आफ्नो अभिनयको जादु देखाइसकेका छन् । उनि भन्छन् “ग्वालिएर सहरको सानो गाउँबाट निक्लिएर सपनाको नगरमा कदम राखिसकेको छु । संघर्ष अझै जारी छ । इंडस्ट्रीमा एउटा सफल र स्थापित कलाकार बन्नुनै मेरो लक्ष्य हो” ।