हेटौंडा /  पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा क्रसम उद्योग सञ्चालन गर्ने भएको छ । सोमबार बागमती गाउँपालिकाको १२ औं अधिवेशन तथा गाउँसभामा आगामी आर्थिक वर्ष २०८१/ ८२ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पालिकाका अध्यक्ष सर्केश घलानले पालिकाले आफैँले क्रसर उद्योग सञ्चालनमा गर्न लागेको जानकारी दिएका छन् । गाउँपालिकाको ५ नम्बर वडामा सञ्चालन हुने क्रसम उद्योगका लागि सम्पूर्ण कामहरु पूरा भइसकेको अध्यक्ष घलानले दिएका हुन ।

पालिकाको आर्थिक अवस्थामा वृद्धि गर्ने उद्देश्यले सञ्चालनमा ल्याउन लागेको क्रसरले पालिकाको विकासलाई प्राथकिमता दिने उनले बताए । पालिकाको भौतिक संरचनालाई गुणस्तरीय बनाउने काममा क्रसरले मद्दत गर्ने बताउँदै क्रसबाट तयार भएको बालुवा गिट्टीहरु बिक्री गरेको रकमबाट पालिकाको जनताहरुमा मद्दत पुग्ने उनले दावी गरेका छन् ।

आगामी आर्थिक वर्षमा पूर्वाधारतर्फ १३ करोड ४० लाख रुपैयाँ, आर्थिक विकासतर्फ ४ करोड २५ लाख, सामाजिक विकासतर्फ ४ करोड २५ लाख, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा १ करोड १० लाख रुपैयाँ र संस्थागत विकास, कार्यालय संचालन तथा प्रशासनिक खर्चमा ११ करोड १२ लाख रुपैयाँ गरी स्रोत अनुमानबाट ३४ करोड १२ लाख रुपैयाँ बजेटको सीमा निधारण गरिएको छ ।

रातो समाचार संवाददाता
थप जानकारी