चीनमा उच्च शिक्षा अध्ययनरत रहँदा कोभिड–१९ को महामारी फैलिएपछि स्वदेश फर्किएका विद्यार्थीलाई फेरि उतै लैजाने प्रक्रिया सुरु भएको छ । विभिन्न विश्वविद्यालयमा अध्ययन गरिरहेका ती विद्यार्थी कोभिड–१९ को सङ्क्रमण बढेर चीनले बन्दाबन्दीको  घोषणा  गरेपछि  विभिन्न  समयमा  स्वदेश फर्किएका थिए । तीमध्ये केही विद्यार्थीलाई सरकारले विमानमार्फत फिर्ता ल्याएको थियो भने केही विद्यार्थी आफ्नै खर्चमा फर्किएका थिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार त्यतिखेर ८८९ जना विद्यार्थी स्वदेश फर्केका थिए ।


स्वदेश फर्किएका विद्यार्थीमध्ये एमबीबीएस, एमडी,  इन्जिनियरिङ,  भाषा,  विद्यावारिधि  तथा  सामान्य धारका विषयमा अध्ययनरत थिए । स्वदेश फिर्ता  भएका  विद्यार्थीमध्ये  पहिलो  चरणमा  २८१  जनाको सूची तयार गरेर पुनः भिसा प्राप्तिको लागि आवश्यक प्रक्रिया सुरु गर्न मन्त्रालयले आह्वान गरेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।