
हेटौंडा उपमहानगरका वडाहरु ‘बालबालिकामा लगानी शुनिश्चित भविस्य्को थालनी’ भन्ने मुल नाराका साथ बालमैत्री वडा घोषणा क्रमसः भइरहेको छ ।
यसैक्रममा वडा नम्बर–५, नम्बर वडा पनि शनिबार बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ ।
हेटौंडा -५का वडाध्यक्षसुशिल घिमिरेलेको सभाध्यक्षतामा प्रमुख अतिथी हेटौंडा उपमहानगरकी मेयर मीनाकुमारी लामाले घोषणा पत्रमा हस्ताक्षर गर्दै बालमैत्री वडा घोषणा गरेकी हुन् ।
बालमैत्री स्थानीय शासन भोषण मात्र नभएर दिगोपनाका लागि जोड दिइने मेयर लामाले बताइन् ।
सोही क्रममा वडाको प्रतिवेदन प्रस्तुत गर्दै वडामा २ हजार १६ बालक र १ हजार ७ सय ८२ बालिका गरी ३ हजार ७ सय ९८ बालबालिका रहेको वडाध्यक्ष सुशिल घिमीरेले बताए ।
२०७९ सालको घरधुरी सर्वेक्षणअनुसार २ हजार ८ सय ७५ घरधुरी रहेकामा १४ हजार १ सय २७ जनसंख्या वडामा ७ हजार ९८ महिला र ७ हजार २९ पुरुष रहेको बताए ।
त्यसतेगरि बाल विकास केन्द्रसहित सामुदायिक र संस्थागत गरी ९ वटा विद्यालय सञ्चालनमा रहेको बताउदै पूर्णखोप वडा घोषणा, पूर्वसाक्षर वडा घोषणा, खुला दिशामुक्त वडा घोषणा भइसकेको जानकारी दिए ।
कार्यक्रममा हेटौंडा उपमहानगरका उपमेयर राजेश बानियाँ, हेटौंडा उपमहानगरका प्रवक्त सविन न्यौपाने, बिभिन्न वडाका वडाध्यक्ष, , , शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।्
प्रतिक्रिया दिनुहोस्