
राजेश “गरिब” – बागमती प्रदेशको राजधानी हेटौंडामा १९ वटा वडा रहेको हेटौंडा उपमहानगर स्वच्छ, सुन्दर र व्यवस्थित नगर भन्दै निकै चर्चा गरिन्छ ।
“स्थानिय सरकार घरघरमा सिंहदरवार” “स्थानिय सरकार घरघरमा सिंहदरवार” यो नारा सुन्दा आनन्द लाग्छ । तर, कयौं यस्ता स्थानहरुछन् न यो नाराको पत्तो छ । न यो नाराको न्याय हुन सकेको छ । शिक्षा, स्वास्थ्य,रोजगार अनि व्यवस्थित नगर बनउने घरघरमा सिंहदरवार स्थानिय सरकार भन्दै घन्किएका नारालाई गिज्याईरहेको कयौ यस्ता स्थानहरु हेटौंडा नगरभित्र पनि रहेका छन् ।
“स्थानिय सरकार घरघरमा सिंहदरवार” को बिगुल फुक्दै गरेपनि वडा नम्बर–१७ मा पर्ने सातबोटे सम्म पुग्न पनि निकै कठिन यात्राको तय गर्नुपर्छ ।
हेटौंडा बजारबाट पूर्वीभेगमा पर्ने चौघडा हुँदै करिब १५ किलो मिटरको दुरीमा रहेको वडा नम्बर–१७ को वडा कार्यालयको छेउबाट करिब ७ किलोमिटरको यात्रा तय गरेपछि सातबोटे पुगिन्छ ।
१७–नम्बर वडा कार्यालयको छेउबाटै कच्ची र साँघुरो सडकको केही दुरी पार गरेपछि एका तर्फ वडा नम्बर १७, अर्को तर्फ १६ बिचमा भएको बगरै बगरबाट यात्रा तय गर्नै पर्छ सातबोटे पुग्न ।
सो बस्तीबाट आफ्नै स्थानिय सरकार भेट्न आउन परोस् या बस्ती फर्कन परोस् निकै अप्ठेरो सडक अनि बगरै बगरको साहारामा यात्रा गर्नु स्थानियको बाध्यता बनेको छ ।
पिउने पानीको लागी निकै कठिन भोगाई रहेसंगै उपमहानगर भित्र ल्यायको निःशुल्क पानीको बारेमा कुनै जानकारी नै छैन स्थानियलाई ।
तर, यसै स्थानमा हामी पुग्दा भेटिए स्थानियबासी जगत बहादुर स्याङतान ।
सातबोटेमा भेटएिका वृद्ध जगत बहादुर स्याङतानले जोश र जांगरका साथ
“पूर्व बग्ने गण्डकी पश्चिम बग्ने भेरी, तिम्रो हाम्रो जिन्दगीमा भेट हुन्छकी फेरी ? काँचो ओखर घर मेरो गण्डकी ।”
“पश्चिम पोखरा, ए चरी गौंथली घर मेरो रामेछाप, घुमौला मन्थली ।”
भन्दै २०४२ सालमा उक्त स्थानमा आएको स्मरण गरे ।
समस्याको कुनै वास्ता नगरी रमाउन मन पराउने वृद्धमा पनि निकै उमंग भरिएका ४ छोरा ३ छोरी समेत भएको सबै उहिलेनै हुर्केको सुनाउदै जगतका गफिए ।
२०२२ सालमा आफुभन्दा ७ वर्ष जेठीसंग विवाह समेत गरेको रमाइलो कुरा मात्र गरे जगतले ।
गफमा सहि थाप्दै गाँउले घरको चोटापट्टी बसेरहेकी जगतका श्रीमतीले आफ्नो श्रीमान जवानीमा अर्कै युवती पछ्याउदै गरेको बताइन् ।
उनले हाँस्दै भनिन् “ अर्कै केटीमान्छे तर्फ गएका थिए । मैले ४ कठा जमिन बिक्री गरेर बुढा बचाएर ल्याएकी हुँ । यतै छौँ ।”
दैनिकी चलाउन कृषिको रहरमा केही चौपाय पशुपालन, मकै खेती गरेता पनि दैनिकी धान्न निकै कठिन ।
स्थानिय सरकारको न कुनै सेवा सुविधा छ । न कुनै अनुदान।
बजारबाट आवाश्यक सामाग्री खरिद गर्न होस् या कुनै कामले हिउँदमा पनि यात्रा गर्दा परेको कठिन परिस्थितीलाई उर्जा मानेर दौडिरहेपनि वर्षातको समयमा आएको बाढीले दिने कठिन अवस्था कल्पना भन्दा बाहिर नै छ ।
मुस्कुराउदै ठट्यौलीमा रमाउन जानेका जगत रहेकै स्थानमा एउटा श्री महादेव प्राथामिक विद्यालय छ ।
विद्यालय परिसरमा प्रवेश गर्नै लाग्दा भेटिए सोही स्थानका स्थानिय सोमबहादुर वाइबा ।
उनले बस्तीमा ल्याइएको पानी लगायतका समस्या बारे सुनाए ।
सडक बिस्तार, बिजुली,पानी, शिक्षा र स्वास्थ्यका लागि कठिनै ।
कृषिको लागि स्थानिय सरकारको पहल र सहयोग प्राप्त हुने हो भने आयतस्रोतको केही बाटो बन्न सक्ने सहजै अनुमान लगाउन सकिन्छ ।
जिवन चलाउन कठिन अवस्थामा रहेका १५० घरघुरीका परिवार वसोवास बस्ती सेवा सुविधा र पहँुचको कमी अनि न सहज बाटो यसैले पनि विगतको तुलनामा अध्यनका लागि विद्यार्थीनै नपाएको सानो विद्यालयमा प्रवेश गर्यौं ।
साविकको हटिया गाविस हाल हेटौंडा उपमहानगर–१७ सातबोटेमै रहेको श्री महादेव प्रा.वि मा २०५९ साल पौष १ गते देखि प्रधानाध्यापकका रुपमा कार्यरत रहेका विष्णु प्रासाद देवकोटासँग भेट भयो ।
रातो समाचारसँग कुराकानीमा कक्षा ३ सम्म सञ्चालित भएको स्मरण गर्दै हाल कक्षा ५ सम्म अध्यन गराइरहेको रहेको प्रधानाध्यापक देवकोटाले बताए।
प्रधानाध्यापक देवकोटाले बताए अनुसार ४८ जना विद्यार्थीहरु अध्यन गरिरहेका रहेछन् ।
विद्यार्थी राख्न समेत स्थान नभएपनि शिक्षा दिन सञ्चालित विद्याालयमा कार्यरत रहेर अघि बढ्दै गरेको र विगत र हालमा केही परिवर्तन भएको होकी भन्ने लागेपनि विद्यार्थीहरुको संख्यामा भने कमी आएको बताए ।
प्रधानाध्यापक भन्छन् “गाउँमै बसेर आयआर्जनको बाटो नहुनु, आवत जावतको लागि न सडक, न आवाश्क अनुसार यातायातको व्यवस्था, वडा उहि सरकार उहि ७ किलोमिटरको दुरीमा पनि सेवा सुविधामा धर्ती र आकाश सरह भएको दुखेसो पोख्छन् स्थानियहरु ।”
उनले बताए अनुसार अधिकांस अभिभावकहरु वैदेशिक रोजगारीमा जानु, अनि वर्षातको समयमा आएको बाढीले कहिले शिक्षकलाई विद्याालय पुग्न नदिने त कहिले विद्यार्थीनै पुग्न नसक्नुले लगभग १ वर्षमा ६ महिनामात्र शिक्षा पाउने गरेका रहेछन् ।
प्रधानाध्यापकले बताए अनुसार गाउँमै स साना बालबालिकाहरु नरहेकाले पनि विद्यार्थीहरुमा कमी आएको आकलन गर्न सकिन्छ ।
महिनामा एक पटक स्वास्थ्य शिविर बस्ने गरेको र विद्यार्थीहरुका निम्ती एक विद्यार्थीहरुका लागि प्राप्त १५ रुपैयाँको खाजा ताजा जाउलो बनाएर खुवाउने गरेको बताए ।
सोही विद्यालयमा अध्यापन गराइरहेका शिक्षकले गुनासो पोख्दै भने “अर्को जटिल समस्या खानेपानीको छ । पानीको व्यवस्था भर्खैरै भएको त छ । तर, प्रायप्त नहुँदा विद्यार्थीहरु पानी पिउनका लागी मारमा पेरका छन् । ग्रामिण भेग अनि अतिनै विकट स्थान । सेवा सुविधाको पहुचमा कमी हुँदा पहिलो विद्यार्थीमै कमी अनि कक्षा १ देखि ५ सम्मको अध्यनपछि त अघिल्लो शिक्षाको पक्क छैन । निकै गम्भिर समस्या बनेको छ । यसमा संघिय, प्रदेश र स्थानिय सरकारले चासो लिनुपर्ने अवस्था छ ।”
हामी पनि यही स्थानिय सरकारको नागरिक तर, हाम्रा निमती सोच्न चुकेका छन् भन्दै स्थानियहरुले बिसाएको भारी देख्दा र व्यक्त गरेको दुखेसो सुन्दा व्यवस्था र अवस्थाका बारेमा के भन्ने कुनै शव्द भेटिदैन !
यसैविचमा हामी पुग्यौं वडा नम्बर–१७ मै पर्ने लगभग ३५ घरधुरी परिवारको वस्ती रहेको स्थान दियालदमार पुग्दा भेटिए स्थानिय वासिन्दा ठाकुराम गुरुङ्ग।
उनले पनि दुखेसो पोख्दै दुःख गरेरै भएपनि किनेको मोबाइलमा नेटवर्क आउने व्यवस्था नहुदा सूचना र सञ्चारबाट नै वञ्चित भएको सुनाए ।
अहिलेको युग परिवर्तनको युग । सूचना र सञ्चारको युग भन्दै गर्दा हामीसंग भएको मोबाइल हेर्दैगर्दा हामी पनि सम्पर्क विहिन थियौं ।
घरपरिवारलाई हामी यस्तो स्थानमा आइपुग्यौ भन्नकालागि फोन गर्न मोबाईल त हातमा थियो तर, नेटवर्क भेटिएको थिएन ।
सोही कुरामा जोड्दै ठाकुराम गुरुङ्गले भने “यस्तै हो याँहा । मोबाइलले टावर भेट्दैन । विगट स्थानमा वसोवास गरिरहेकाहरुलाई स्वास्थ्यमा खराबी आएको अवस्थामा उपचार गराउन लैजान एम्बुलेन्स बोलाउ र कोही कसैलाई खबर गरौं भन्न समेत नपाईने जटिल समस्या भोगिरहेका छौं । पिउने पानीको समस्या लगायतका कठिन स्थितीसंग समय चलिलहेको छ ।”
सोही स्थानमा सानो पसल चलाएर ग्राहक पर्खेर बस्दै गरेकी धनमाया वाइबाले पनि बाटोनै नहँुदा निकै समस्याको सामना गर्नु परेको दुखेसो पोखिन्।
उनि भन्छिन् “चुनावको बेलामा भोट माग्न आउँदा हामीलाई जिताउनु हामीले बाटो बनउछौं, विकास गर्छौ भन्नुभयो । तर, आज सम्म फर्किनुभएको छैन ।”
यसै विच हामी सो स्थानबाट बगर अनि भिरालो सडकबाटै फर्कदै गर्दा मोटरसाइकल हुइक्याउदै गरेका हेटौंडा–१७ बुङ्गेका श्याम सेञ्चुरी भिरालो सडकमै भेटिए ।
मोटरसाइकल पाखा लागाएर उनले पनि दुखेसो पोखे ।
वडा नम्बर १६, १७, १८ लाई हेटौंडा उपमहानगर भनिरहदा डाँडामाथी नगरको सुविधा ग्रामीण र विकटमा सबै जनता सेवा र सुविधाबाट वञ्चित भएको सुनाए ।
छेउमै बकैया गाउँपालिका भए स्थानमा गरे सरह काम समेत उपमहानगरमा नभएको बताउछन् सेञ्चुरी ।
उनले भने “गाउँस्तरमा जग्गा भोगचलन गरेकाहरुका लागि जग्गाधनी पुर्जा वितरण कार्य गर्दै गर्दा उपमहानगरले त्यो समेत नगरेको अवस्था छ । सडक, पानी, स्वास्थ्य, शिक्षा लगायत हरेक सेवाको उपभोग गर्न पाएका छैनन् स्थानियहरुले । बवसोवास गरिरहेका स्थानियहरुको हातमा न जग्गाको लालपुर्जा छ । चुनाव जित्न गरेको वाचा अनुसार काम गरे जनताहरु खुसी हुने थिए ।”
यसै विचमा भिरालो, अप्ठेरो अनि बगरको बाटो हुदै शिक्षाका लागि आएका हेटौंडा १७ वडा कार्यालयको छेउमै १० वर्षका आशिष मोक्तान, १२ वर्षका कुशल भोलन, मनिस थोकर,अर्पण राई र १३ वर्षका सन्देश गुरुङ्ग ५ विद्यार्थीहरु भेटिए ।
विहानीको सूर्योदयसंगै हिडेर गोधुलीको सँझमा घर फर्कदै गर्दा कारब ४ घण्टाको पैदल गर्दै शिक्षा प्राप्त गर्न निकै संघर्षको सामना गरेका रहेछन् उपमहानगरमै ।
हाम्रो यात्रामा संगै रहेका हेटौंडा–१७ अंगारेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष धर्मराज अर्यालले चुनाव जित्न गरिएको घोषणा अनुसार काम हुन नसकेको बताए ।
जिल्ला विकास समिति रहदा नै २०५९ सालमा स्थापना गर्दै केही योजना सारिएको र कार्यहरु गर्ने प्रयास गर्दै जाँदा लगभग ७ वर्षपछि केही सहज तरिकाले पानी पिउने व्यवस्था बनाउन सकिएको बताए ।
आफु कोषाध्यक्ष रहँदा दैनिकी १ देखि २ घण्टा सम्ममात्र पानी प्राप्त हुने अवस्थालाई परिवर्तन गरेर २४ घण्टा पानी वितरण गर्ने सोच सहित समुहनै अघि सरेको बताएका हुन् ।
पछिल्ले समय संघिय र प्रदेश सरकार अनि स्थानिय सरकारको नीति आएसंगै पानीको व्यवस्था सहज बनाउन संघ र प्रदेश सरकारले व्यवस्थितको अवधारणका निम्ति लगानी गरेको बताए।
पानीलाई २४ घण्टा वितरण गर्न सक्षम भईएको उल्लेख गर्दै पछिल्लो समयमा हेटौंडा उपमहानगरपालिकाले उपभोक्ता समिति मार्फत कार्य नगरी खानेपानी बोर्ड मार्फत काम गराउन खोज्नु गलत भएको बताएका छन् ।
जसको बजारमा घर छ, अनि जो सक्षम छन् उनिहरुलाई उपमहानगरले छुट दिने कुरालाई खण्डन गर्दै समितिको तर्फबाट सेवा सुविधा अनि छुटको प्रस्ताव राख्दा बोर्ड मार्फत आउनुपर्ने स्थानिय सरकारको भनाई चित्त नबुझ्दो भएको सुनाए ।
निकै कष्ट भोगिरहेका विकट र ग्रामीण क्षेत्रमा बस्नेहरुका लागि समेत खाने पानीको सहज व्यवस्था बनाउन अनुरोध गरे ।
……………………….
हेटौंडा उपमहानगर ५ का सामाजिक सहयोगी विशालराज महत सहितको टोली संगै बिहानीको १०बजेदेखि करिब ८ घण्टाको छोटो यात्रामा भेटिएका पात्रहरुको यर्थाथ नियाल्दै गर्दा उनिहरुले बोकेको भारी निकै बोझिलो थियो ।
सबै नियाल्दा र उनिहरुले व्यक्त गरेको दुखेसो सुन्दा सरकारले नागरिकका लागि गर्नुपर्ने कर्तव्यमा चुकेको अनुमान सहजै गर्न सकिन्छ ।
व्यवस्था र अवस्थाका बारेमा के भन्ने कुनै शव्द भेटिदैन !
तर, सो स्थानमा सम्बन्धित र सरोकारवाला पुगेर देखिएका समस्या समाधानको बाटो खोज्नु अतिनै आवाश्यक छ ।
हामी मात्र यति भन्न सक्छौं “ए सरकार एकपटक आउ, हेर अनि यसबारे केही विचार गरिदेउ ।”
होइन भने “स्थानिय सरकार घरघरमा सिंहदरवार” यो नाराको केही अर्थ रहला त ?
प्रतिक्रिया दिनुहोस्