
हेटौंडा / लाइनस क्लव अफ हेटौंडा लर्डबुद्धले खिर खुवाउने कार्यक्रम गरेको छ ।
साउन – १५मा खिर खाने प्रचलन मानिदै आए अनुसारै रम्न र रमाउनका लागि लर्डबुद्धको टोलीले हेटौंडामा रहेको नारी सरंक्षण केन्द्रको हेटौडा उपमहानगर १८ हर्नामाडीमा रहेको आवासिय बालगृहमा पुगेर मंगलबार सो स्थानमा रहेका बालिकाहरुलाई खिरु खुवाएका हुन् ।
कार्यक्रममा डिस्ट्रिक गभनर ३२५ एसको एम.जि.एफ. तासी डोल्मा तुम्वाको प्रमुख आतिथ्यता हेटौंडाको क्लव नं. ११८२७४का अध्यक्ष समिर डंगोलको सभाभ्यक्षतामा आयोजित कार्यक्रमलाई संबोधन गर्दै आवासिय बालगृहको प्रमुख दिपा गुरुङ्गले गृहमा बिभिन्न स्थानका १५ जना बालिकाहरु संरक्षणमा रहेको बताइन् ।
सोही क्रममा नारी सरंक्षण केन्द्रले गरेको कार्य निकै प्रसंसा योग्य भएको र खिर खाने दिनमा गृहमा रहेका बालिकाहरु विच आएर कार्यक्रम गर्दा निकै खुसी लागेको तुम्वाले बताइन् ।
सोहीक्रममा अध्यक्ष समिर डंगोलले असार १५ मा खिर खाने र रमाउने दिनमा बालिकाहरु विच बसेर खिर खाने समयलाई मनाउँन पाउँदा खुसी लागेको बताए ।
प्रतिक्रिया दिनुहोस्