
जिल्ला फुटबल संघ मकवानपुरद्धारा स्थानीय तह छैठौं सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता माघ १६ गतेदेखि हुने भएको छ ।
खेल प्रतियोगिता सम्पन्न गर्नका लागि हेटौंडा–६ स्थित गौरिटार रंगशाला खेलमैदान व्यवस्थापन देखि बिभिन्न गतिबिधिका कार्यहरु अन्तिम चरणमा पुगेको न्यू डाँफे युवा क्लवका सदस्य मनोज परियारले बताएका छन् ।
प्रतियोगितामा यस वर्षको संस्करणको संयोजनको जिम्मेवारी हेटौंडा– १५ को न्यू डाँफे युथ क्लबले लिएर रंगशालालाइ समेत चिनाउने काम गरेको बताए ।
उनले राष्ट्रकालागि खेलकुद र स्वास्थ्यका लागि खेलकुद भन्ने नाराकासाथ आयोजित खेलले गौरीटार रंगशालालाइ समेत प्राथमिकतामा राखेर अघि बढिएको बताएका हुन्।
गौरिटार रंगशाला चिन्न र चिनाउने अभियान सहित तिनै तहको सरकारको नजर परोस र रंगशाला बनाउनुपर्छ आउने दिनको भविष्य हो भनेरै गौरीटारलाई प्राथमिकतामा राखिएको बताए ।
गौरीटारमा गोल्डकप हुनेभएपछि स्थानियहरु समेत खुसी भएका छन् ।
यस वर्षको प्रतियोगितामा आयोजक सहित ८ वटा ए डिभिजन, एउटा विदेशी, दुईवटा मोफासलका क्लबहरु सहभागी हुने आयोजकले जानकारी गराएको छ ।
खेलमा ए डिभिजनका चर्च व्वाइज, संकटा, हिमालयन शेर्पा, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, मच्छिन्द्र, मनाङ मर्स्याङदी र थ्रीस्टार क्लबको सहभागी रहने छ ।
प्रतियोगितामा भुटानको पारो एफसी, सर्लाहीको बागमती युथ क्लब र धनकुटाको राजारानी क्लब सहभागी हुने र रिगल हेटौंडा रिसोर्टको नाममा सहभागी हुने भएको हो ।
प्रतियोगितामा विधागतरुपमा प्रत्येक खेलको म्यान अफ दी म्याचलाई १० हजार रुपैयाँ नगद दिइने र उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको बताइएको छ ।
जसमा विजेताले नगद १५ लाख, उपविजेताले १० लाख रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीलाई ५ लाख रुपैयाँ बराबरको बुलेट बाइक प्रदान गरिने भएको हो।
प्रतिक्रिया दिनुहोस्