
रोशन दिप – बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिका वडा नं ५ स्थित सिंचाई टोलमा रहेको हाम्रो घर बालगृहमा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ आयोजना गरिने भएको छ ।
शुक्रबार गरिएको पत्रकार सम्मेलन मार्फत संस्थाकी अध्यक्ष इन्दिरा न्यौपानेले ग्रामीण जीवनस्तर सुधार मञ्च मकवानपुरको आयोजनामा यही फागुन १ देखि ९ गते सम्म चल्ने सप्ताह ज्ञानमहायज्ञ हाम्रो घर बालगृहको दीगोपनका लागि अक्षयकोष स्थापना गर्ने उद्देश्यले आयोजना गरिएको भन्दै हाम्रो घर’ बालगृहमा २७ जना बालबालीकाले आश्रय लिइरहेको बताइन् ।
फागुन १ गते विहिवार विहान राप्तीतटमा रहेको गोरक्षेश्वर मन्दिर बाट कलशयात्रा गरि, त्यसपछि १० बजे उद्घाटन गरिने बताउँदै युवा वाचक पण्डित रामचन्द्र तिमल्सिना र १०८ भागवत अभियानकर्ता पण्डित हरिचन्द्र तिमल्सिनाले सप्ताह ज्ञानमहायज्ञमा भागवत कथा वाचन गर्ने जानकारी गराइन् ।
प्रतिक्रिया दिनुहोस्