हेटौंडा/ लागूऔषध चरेश सहित २ जना मानिस पक्राउ परेका छन्। बिहिबार ५ बजेर १० मिनेटको समयमा लागूऔषध चरेश सहित २ जनालाई मकवानपुरका प्रहरीले २ जनालाई पक्राउ गरेका हुन् ।
हेटौंडा–१५ पूर्वपश्चिम सडकखण्ड हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना.६ ख ५८३९ नम्बरको यात्रुबाहक बसलाई रोकेर चेकजाँच गर्ने क्रममा २ जना पक्राउ परेका हुन् । बसमा सवार पर्सा जिल्ला सखुवा प्रसौनी गाउँपालिका.वडा नम्बर–१ बस्ने २६ वर्षीय हरि गौरव र नवलपरासी जिल्लाको पण्डितपुर बनगरिया गाउँपालिका वडा–१ बस्ने ४३ वर्षीय अनिल भर चौधरीको शरीरमा तथा झोलामा रितपूर्व खान तलासी गर्दा उनीहरुको साथबाट १० केजी २ सय ५० ग्राम लागूऔषध चरेश फेला परेको जिल्ला प्रहरी मकवानपुरले जानकारी दिएको छ ।
प्रहरीका अनुसार गौरव र चौधरीले लागूऔषध चरेशलाई भित्री कार्टुनमा टेपले बेरेर चारपाटे आकारमा लुकाइ छिपाइ ल्याएका थियो । लागुऔषध सहित उनीहरुलाई प्रहरीले नियन्त्रण लिइ जिल्ला अदालतबाट १० दिन म्याद थप गरेर प्रहरीको हिरासदमा राखेर अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्