नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीको घरमा खाना पकाउन प्रयोग हुने ग्यास सिलिन्डर विस्फोट भएको छ । विस्फोटमा परी सांसद् भण्डारी र उनकी आमा घाइते भएका छन्।
बुद्धनगरस्थित निवासमा बुधबार राति करिब १० बजेतिर ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा घाइते भएको भण्डारीको सचिवालयले जानकारी दिएको हाे।
अहिले उनीहरूको कीर्तिपुर अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ। भण्डारीको शरीरको २५ प्रतिशत भाग र आमाको ७० प्रतिशतभन्दा धेरै भाग जलेको बताइएको छ। सांसद् भण्डारीको अवस्था खतरामुक्त रहेको बताइएको छ।
नागरिक न्युजबाट साभार छ ।
प्रतिक्रिया दिनुहोस्