नेपाली कांग्रेसकी नेता सिर्जना सिंहले काठमाडौं महानगरपालिकाको मेयरका लागि उम्मेदवारी दर्ता गराएकी छन्।

राष्ट्रिय सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर आज सिंहले उम्मेदवारी दर्ता गराएकी हुन्।

सत्तारूढ गठबन्धनले भागबन्डा गर्दा काठमाडौं महानगरको मेयर कांग्रेसको भागमा परेको थियो।

यस्तै काँग्रेसबाट विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइराला र ललितपुरको मेयरमा चिरिबाबु महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो