रोशन दिप – हेटौडा ४ नारायणी मलमा रहेको एनएस सिनेमा हलमा आज शुक्रवार पुस२२ बाट चलचित्र ‘चि मुसी चि’ प्रदर्शनमा आएको छ ।
टिकट लिनको लागि एन एस सिनेमाको चौथो तल्लामा रहेको काउन्टरमा जानसक्नु हुने छ । हलको संपर्क नम्बर ०५७-५२०९४९ अग्रिम बुकिङ्ग गर्न सकिने एनएस सिनेमा हलका संयोजक किशोर राज पौडेलले बताए ।
अरुण चक्राबर्तीको प्रस्तुतिमा तयार भएको चलचित्र एमी स्टुडियोको ब्यानरमा निर्माण भएको हो । चलचित्रमा प्रियङ्का कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान् देशराज जोशी, राजन खतिवडा, रवीन्द्र झा, गौरव विष्ट लगायतको अभिनय छ ।
चलचित्रमा मर्ण जेम्स र यश सैनीको संयुक्त निर्देशन छ । रिञ्जु केसी यो चलचित्रकी निर्माता हुन् ।
वास्तविक घटनामा आधारित कथावस्तुमा बनाइएको भनिएको फिल्मले अपार्टमेन्टमा बसोबास गर्ने एक दम्पतीको जीवनमा आउने अनौठा घटनालाई प्रस्तुत गर्छ । फिल्म रिलिजअघि निर्देशकले प्रिभ्यु सार्वजनिक गरेका छन्, जसमा यो फिल्मको कथावस्तुलाई संक्षेपमा प्रस्तुत गरिएको छ ।
फिल्मको कथावस्तु हरर तथा थ्रीलर कथावस्तुमा रुचि राख्ने दर्शकलाई रुचिकर हुनसक्छ ।कथा एक घटनाबाट सुरु हुन्छ । पात्रले मनोवैज्ञानिक तनाव महसुस गर्छन् । फिल्ममा फरक–फरक व्यक्ति र परिदृश्य छन् । जीवनमा आउने नयाँ परिस्थितिलाई पात्रले कसरी सामना गर्छन् भन्ने कथावस्तु यसमा छ ।























प्रतिक्रिया दिनुहोस्