काठमाडौं । आफुले मुहारको फेसियल समेत नगर्ने बताउँदै आएकी अभिनेत्री करिश्मा मानन्धरले मुहारको सुन्दतालाई जोगाउन आई कस्मेटिक सर्जरी गर्ने भएकी छिन् ।
नेपालमै अन्तराष्ट्रिय स्तरको यो सेवा उपलब्ध भएकाले आफुले आँखाको तल्लो र माथिल्लो भागको कस्मेटिक सर्जरी गर्नका लागि उनले बिहिबार डाक्टरको अग्रिम समय पनि लिएकी छिन् ।
ललितपुरको कुपण्डोलमा रहेको नेशलन आई एन्ड कस्मेटिक सर्जरी सेन्टरको सातौं वार्षिक उत्सबको अबसरमा उनले कस्मेटिक सर्जरी यही गर्ने घोषणा गरेकी हुन् । त्यो सेन्टरको बिहिबार प्रमुख अतिथि भएर पुगेकी अभिनेत्री करिश्माले आफ्नो आँखाको तल्लो भाग झोलिएको र आँखा माथिको भाग चाउरेका कारण दुई दशकसम्मको लागि हुनेगरी सर्जरी गर्न लागेको उनले बताईन्,‘माथिको भाग चाउरेको कारण आईसाड्यो लगाउन र तल्लो भागमा पनि झोलिएकाले मेकअप गर्न गाह्रो हुन थालेको थियो । बैंककमा सर्जरी गर्ने योजनामा थिएँ, यही त्यो सेवा रहेकाले यतै सर्जरी गर्दैछु ।’ सर्जरी पछि चार दिनको आराम पछि आँखासँगै मुहारको सुन्दरतामै निखार आउने भएकाले पनि कस्मेटिक सर्जरी गर्न लागेको उनले उद्घाटनको क्रममा बताईन् ।
स्वदेशमै यो सेवा उपलब्ध हुनुले आफुहरुलाई अझ सजिलो भएको बताउँदै करिश्माले भनिन्,‘कस्मेटिक सर्जरीबाट आँखाको सुन्दरतासँगै मुहार नै सुन्दर देखिने भएपछि हामी कलाकारहरुलाई यो प्राविधि अझ उपयुक्त हुने भएको छ ।’
सो क्रममा सेन्टरका प्रवन्ध निर्देशक रोशन कक्षपतिले आफुहरुले बिदेशमा दिने आँखाको कस्मेटिक सर्जरी सम्बन्धि सबै सेवा दिएकाले यो सेवाको लागि नेपालहरु बिदेश जाने क्रम निकै कम भएको बताए,‘बैंकक पुगेर यही सेवाको लागि जती खर्च लाग्छ, त्यसको एक चौथाई खर्चमा हामी यहाँ आई कस्मेटिक सर्जरी गर्छौं । रमाईलो कुरा के भने, हाम्रै डक्टरहरुले बैंकक गएर यस्तो सर्जरी गर्ने भएकाले त्यो सुविधा निकै सस्तोमा यही गर्न पार्ईएको छ ।’
सो सेन्टरकी अध्यक्ष एवम् डा. पुजा राजभण्डारीले मोडल र नायिका मात्रहैन, विभिन्न पेशाका पुरुष महिलाहरु सेन्टरमा कस्मेटिक सर्जरी गर्न आउने बताईन् । उनले सो सेवा ’bout भनिन्,‘आँखाको बोसो हटाउने, आईब्रो लिफ्टिङ गर्ने, गाला लिफ्टिङ गर्ने, अनुहारको चाउरीपना हटाउने, रोगका कारण आँखा साना ठुला भएकाहरुको उपचार कस्मेटिक आई सर्जरीबाट गर्ने सेवा पनि हामीले दिएका छौं । यस्तै आँखाबाट निरन्तर आँशु वा पिप बग्ने समस्याको उपचार गर्ने, आँखाको वरीपरीको बोसो, मुसा, मासुको डल्ला, ट्युमर हटाउने, आँखाको झिल्ली बाहिर भित्र फर्केको उपचार गर्ने, आँखाको ढकनी तलझरेको उपचार गर्ने, आँखाको मुन्द्री बनाउने, मँगोलियन आईलिड सर्जरी गर्ने जस्ता सेवा हामीले दिएका छौं ।’ आर्थिक अबस्था कमजोर भएकाहरुलाई पनि आफुहरुले सामाजिक सेवा अन्तरर्गत यो सेवा दिने गरेको पनि डा. पुजाले जनाईन् ।
राजधानी बाटसाभार गरिएकोछ ।













प्रतिक्रिया दिनुहोस्