हेटौंडा – १७ मा रहेको श्री चुरे कालिलेक सामुदायिक वन उपभोक्ता समुहको २१ औं साधारण भेलाबाट शंकर राउतको अध्यक्षतामा १० जना कार्यसमिति चयन भएका छन् ।

भेलाले उपाध्यक्षमा प्रकाश पौडेल, सचिवमा कोपिला कँडेल (अस्मिता) , सह-सचिवमा राम प्रसाद न्यौपाने, कोषध्यक्षमा देवराज अधिकारीलाई चयन गरेको हो ।

त्यस्तैगरि सदस्यहरुमा नारायण ढकाल, प्रेम प्रसाद गौतम ,दिपक देवकोटा, बिवेक सुवेदी र सुरज लाई भेलाले सर्वसम्वत चयन गरेको हो ।
शनिबार गरिएको भेलामा कृष्ण बहादुर सापकोटा, हेम प्रसाद न्यौपाने र नकुल अगस्तिलाई लेखा संयोजक तोकेको हो ।