मकवानपुर उद्योग वाणिज्य संघको आसन्न संघको आगामी पौष २४ गतै ५८ औँ साधारण सभा र २७ गते हुने निर्वाचनका लागि व्यवसायीहरुले तयारी गरिरहेका छन् ।
चोकचोकमा को कसको समुह बन्ने भनेर गन्थनमन्थन समेत चलिरहेको छ ।
व्यवसायीलाई समेट्दै व्यवसायीमा पर्ने समस्या समाधाननै प्रमुख लक्ष्य रहेको बताउदै मकवानपुरका व्यवसायीहरुले बिभिन्न पदमा उम्मेदवारी दिने तयारीमा छन् भने केही व्यवसायीहरुले बिभिन्न पदको नेतृत्वको अनुभवले व्यवसायीकै हितमा काम गर्ने गरी उम्मेदवार घोषणा गर्ने क्रम चल्न सूरु गरेको छ ।
यसै विच आउँदो पुसमा हुने निर्वाचनमा अनिल अग्रवालले अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् ।उनले सामाजिक संजाल आफ्नो व्यक्तीगत फेशबुकमा “आ -आफ्नो सदस्यता नविकरण गरौ, गराऔ संदर्भ – मकवानपुर उधोग वाणिज्य सघं को चुनाब यहि पौष २७ गते हुदैछ,,,अध्यक्ष को उम्मेदवार अनिल अग्रवाल भनेर लेखेका हुन् । यसले अध्यक्षमा उम्मेदवारीको पक्का देखिएको छ ।
वर्तमान बरिष्ठ उपाध्यक्ष समेत रहेका अग्रवालले बिगत १७ वर्ष देखि बाणिज्यसंघकै विभिन्न पदमा रहेर काम गर्दै आएपछि वरिष्ठ उपाध्यक्षमा संगालेको अनुभवमा व्यवसायीकै समस्या समाधान गर्ने उद्धेश्यमा अध्यक्ष पदमा उम्मेदवारी दिने उनको भनाइ छ ।
हेटौंडाको जेसिज, लाइन्स क्लब हुँदै अहिले रोटरी क्लबअफ मकवानपुरको अध्यक्ष समेत भएको र चुनावी मैदानमा उत्रदा प्यानलनै बनाएर अगाडी बड्ने बताएका हुन् ।
अग्रवाल भन्छन् म वरिष्ठ उपाध्यक्ष हुँदा पुरा अधिकार नभएको समयमा पनि व्यवसायीकै निम्ति काम गरेको छु । अव भनेको अध्यक्ष भएर नितान्त व्यवसायीकै लागि काम गर्न चाहान्छु । हिजो पनि व्यवसायीकै विचमा रहेको व्यक्ती आज पनि छु । भोलीपनि व्यवसायीहरुले समस्या पर्दा खोजेको समयमा सहजै भेटिन्छु ।
………………………………………………………………………………………..
यता निर्वाचनका लागि संघका उपाध्यक्ष प्रमोद सिंह रानाभाटले पनि बुधबार सचिवालय उद्घाटन गर्दै अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् । रानाभाटले व्यवसायीकै हितमा काम गर्ने गरी उम्मेदवार घोषणा गरेको बताएका हुन् ।
निरन्तर आफ्नो व्यवसाय सँगै संघको हरेक क्रियाकलापमा सक्रिय उद्योग उपाध्यक्ष कार्य अनुभवले अध्यक्ष बनेर व्यसायीको काम गर्ने रानाभाटले उल्लेख गरेका हुन् ।
यता अनिल अग्रवालले अध्यक्षको उम्मेदवारी दिने संकेत देखाएपछि चर्चा चलेको छ ।
सामाजिक सञ्जालमा लेखिएको विषयमा प्रश्न गर्दा आफुले पनि तत्काले सचिवाय उद्धघाटन गर्ने बताएका छन् ।
वर्तमान वरिष्ठ उपाध्यक्ष अग्रवाल र उपाध्यक्ष रानाभाट विचको भिडन्तको संकेतले व्यवसायीहरु कसलाई साथ दिने भनेर अन्यौलमा परिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्