हेटौंडा / हेटौंडा उपमहानगर पालिका वडा नम्बर -१ , स्थित भिनतुन्तापथ सडक छेउमा जुत्ता चप्पल सिलाउने काम गर्दै आएका कालिगढहरुले कार्तिक २८ गते बुधाबार देखि हेटौंडा- १ , स्थित हेटौंडा अस्पताल आगाडी रहेर सेवा दिने भएका छन् ।
वर्षौंदेखि हेटौंडा उपमहानगर भित्र बिभिन्न स्थानमा सडकछेउ पेटीमा रहेर बिभिन्न व्यक्तीहरुको जुत्ता चप्पल सिलाउदै गुजारा चलाउदै आएका थिए ।
पछिल्लो समयमा हेटौंडा -१ , स्थित भिन्तुनापथ निजी अस्पताल नजिकै सडक छेउ ओरालोमा रहेका थिए ।
सोही क्रममा बाटो छेउमा बस्दै गर्दा असहज भयो भन्ने कुरामा उनिहरुलाइ हटाउनु भन्दा व्यवस्थित गर्नुपर्ने भएकाले सो स्थानमा सारिएको -१, नम्बर वडाध्यक्ष सविन न्यौपानेले बताए ।
जुत्ता चप्ल सिलाएर परिवार पालिरहेका निम्न वर्गहरुलाई हटाउने होइन व्यवस्थित गर्नुपर्ने भएकाले उपमहानगरमा मेयर, उपमेयर लगायतसंग छलफलगरेपछि अस्पताल अघि सारिएको वडाध्यक्ष न्यौपानेले बताएका हुन् ।
सडक छेउ कुरेर जुत्ता सिलाउदै आएका हामीलाई कमाइै खाउ भन्दै स्थान दिएका भन्दै कालीगढहरुले खुसी व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्