हिन्दु नेपालीहरूको महान चाड तिहार सकिएसंगै कार्तिक शुक्ल चतुदर्शीदेखि सुरु हुने छठपुजाको तयारीमा हिन्दु धर्मालम्बीहरु जुटेका छन् ।
विशेष गरि तराई क्षेत्रमा मनाइने पर्व पछिल्लो समयमा नेपालका विभिन्न जात जातिहरुले समेत मनाउन थालेपछि पर्वलाई धुमधामका साथ मनाउन थालिएको छ ।
यसै विच बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरकै वडा नम्बर– १ स्थित राप्तीतटमा हेटौ्रंडा उपमहानगरको मुख्य सहयोग र संयुक्त मधेसी सेवा समाज समितीको संयोजनमा राप्ती तटलाई धमाधमसजाइदै छ ।
सोही स्थानमा ब्रतालु देखि अवलोकन गर्न आउनेहरुका लागि मध्य नजर गर्दै स्थल निर्माण तिब्र गतिमा भइरहेको हो भने तटको किनारमा साढे ६ सय फिटको पूजा स्टल पाण्डलहरु निर्माण गरिएको छ।
केही वर्षदेखि आर्कषण बढाउन घोडा सहितको सुर्यदेवको मुति बनाइएको थियो भने यस वर्ष पनि घोडा सहितको सुर्यदेवको मुर्ति निर्माण गरिदै छ ।
हेटौंडामा रहेको हिरा आर्टका हरि नारायण ठाकुरले मुर्ति निर्माणको जिम्मेवारी लिएका छन् ।
कार्तिक शुक्ल चतुदर्शीदेखि सुरु हुने पर्व कार्तिक शुक्ल सप्तमीसम्म मनाइन्छ ।
पर्वमा व्रतालुहरुले सप्तमीसम्म माछा, मासु, लसुन, प्याज, कोदो आदिको भोजन गर्न नहुने धार्मिक मान्यता रहेको छ ।
ब्रतालु र भक्तजनहरुका लागि शान्ति सुरक्षाको व्यवस्थामा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालय, सामुदायिक प्रहरी, सशस्त्र प्रहरीको समन्वय रहेको छ ।
निःशुल्क स्वास्थ्य शिविर र एम्बुलेन्सको व्यवस्था, बालबालिकाका लागि मेला, बाल उद्यानको व्यवस्था, समेत गरिएको बताइएको छ।
बिहीबार बिहानसम्म छठ पूजाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा हुने भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्