हेटौंडा / नागस्वती भेट्रान्स क्लबको आयोजनामा हेटौंडा – ७ नागस्वती स्थित नवज्योती माबिको फुटबल चौरमा आउँदो मंसीर ४ गतेदेखि तेस्रो नागस्वती भेट्रान्स रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता हुने भएको छ ।
शनिबार त्रिकार सम्लृनको आयोजना गर्दै हेटौंडा–७ स्थित नवज्योति माध्यमिक विद्यालय नागस्वतीको चौरमा प्रतियोगिता संचालन हुने क्लबका सचिव शान्ता गौतम (प्रदिप) ले बताए ।

‘स्वास्थ्यका लागि खेल’ भन्ने नाराका साथ मंसिर ८ गतेसम्म संचालन हुने प्रतियोगितामा २० समुहको सहभागिता रहने अध्यक्ष सोम बहादुर तितुङले बताए ।

एट ए साइड फुटबल प्रतियोगिताका लागि हाल टिम दर्ताको काम भइरहेको र प्रतियोगितामा ४० वर्ष पूरा भएका खेलाडीहरुलाई सहभागी गराइने बताएका हुन् ।
प्रतियोगितामा विजेतालाई २ लाख एक हजार रुपैयाँ र उपविजेतालाई १ लाख एक हजार रुपैयाँसहित शिल्ड मेडल
प्रदान गरिने अध्यक्ष तितुङले बताए ।अध्यक्ष तितुङले बताए अनुसार प्रतियोगिता १९ लाख १२ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको र विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने – सर्वाधिक गोलकर्ता, फरवार्ड, गोलकिपर, डिफेन्स र टिम कोचलाई जनही पाँच–पाँच हजार रुपैयाँ प्रदान गरिने छ ।

राजेश गरिब
थप जानकारी