हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर –१० स्थित तेज गार्मेन्ट उद्योगको तर्फबाट मंगलबार विश्वकर्मा पुजाको अवसरमा हेटौंडा – १५ स्थित दिव्य सेवा निकेतन जेष्ठ नागरिक आश्रय स्थलमा अश्रित आमाबुवाहरुका लागि कपडा सहयोग गरेको छ ।

असोज १ गते हिन्दुधर्मालम्बीहरुले मान्दै आएको विश्वकर्मा पुजा पश्चात पुजाको प्रसादसहित कपडा सहयोग गर्नका लागि गार्मेन्टका प्रोप्राइटर तेजराज अधिकारी, धर्मपत्नी, छोरा र गार्मेन्ट परिवार सहित उक्त स्थानमा पुगेका हुन् ।

तेज गार्मेन्ट उद्योग परिवार तर्फबाट हरेक वर्ष कुनै न कुनै स्थानमा थोरै सहयोग गर्दै आएको र यसपटक निकेतनमा अश्रित आमाबुवाहरुका लागि सानो सहयोग लिएर आइएको बताए ।

नजिकिँदै गरेको हिन्दु नेपालीहरुकोचाड दशैंलाई लक्षित गरी नयाँ कपडा प्रदान गरिएको बताए ।

कपडा हस्तान्तरण कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवाल, निकेतमा आवद्ध व्यक्तीत्व, अश्रित आमाबुवा लगायतको उपस्थितिमा कपडा तथा प्रसाद बितरण गरिएको हो ।