हेटौंडा  / हेटौंडा खानेपानी व्यावस्थापन बोर्डले गएको आर्थिक वर्ष २०८०।०८१ को प्रगती विवरण तथा आगामी आर्थिक वर्ष २०८१ / ०८२ को नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।

मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै २७ हजार वटा पानीको धाराको माध्यमले दैनिक साढे तीन करोड लिटर पानी उभिोक्तासम्म वितरण भइरहेको जानककारी गराइएको छ ।

पत्रकार सम्मेलनमार्फत नै जानकारी गराए अनुसार अहिले बोर्डबाट मासिक रुपमा एक करोड १६ लाख रुपैयाँको मासिक बिलिङ हुने गरेको छ ।

विगतमा खानेपानी अभावमा रहेतापनि हेटौंडा उपमहानगरमा एक वर्षभित्रै एक करोड लिटरभन्दा बढी पानीको व्यवस्था भएको छ बताइएको हो ।

हेटौंडामा रहेका खानेपानीका उपभोक्ता समितिहरुलाई पनि बोर्डमा ल्याएर खानेपानी वितरणमा सहज बनाउँदै लगिएको छ ।
बोर्डले हेटौंडा उपमहानगरपालिका, बागमती प्रदेश सरकार र संघीय सरकारसँग सहकार्य गरी सेवाक्षेत्रमा सुधार गर्दै गएको छ ।
पानी परिक्षण प्रयोगशालाको भौतिक पूर्वाधार स्तरोन्नति गर्ने, बोर्ड अन्तर्गत रहेका खाने पानीका पूर्वाधारको सुधार र विस्तार र स्रोतको सुरक्षा कार्य गरिएको बोर्डको भनाइ छ ।

विगतमा खानेपानीको अभाव भएतापनि अहिलेको अवस्थामा अभाव न्युनीकरणका लागि काम गर्दै आइएको खानेपानी बोर्डका अध्यक्ष प्रताप विष्टले बताए ।

अहिलेको अवस्थामा देशमा सरोकारवालाहरुले कुनै काम नगरेको अवस्थामा सोचे जस्तो काम नभएपनि केही काम भने गरिएको बताए । उपमहानगरवासीलाई स्वच्छ र सर्वसुलभ शुःल्कमा खानेपानी उपलब्ध गराउनु हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको उद्देश्य रहेको अध्यक्ष विष्टले बताए ।

बोर्डका अध्यक्ष प्रताप विष्टको सभाध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा बोर्डका निमित्त कार्यकारी निर्देशक विष्णु प्रसाद सापकोटा,प्रशासन प्रमुखसमेत रहेका सूचना अधिकारी सञ्जय न्यौपाने,बोर्डका सदस्य इन्द्र प्रसाद नेपाल, कृष्ण कुमार गुप्ता अग्रवाल, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।