मकवानपुरमा रहेर सञ्चार क्षेत्रमा सक्रिय रहेका वरिष्ठ पत्रकार कौशल पाण्डेको बिहीबार निधन भएको छ ।

पाण्डेको पार्थिक शरीरको शुक्रबार अन्त्यष्टी गरिएको छ ।

मकवानपुरमा रहेर सञ्चार क्षेत्रमा सक्रिय रहेका पत्रकार पाण्डेको लिभर सिरोसिको कारण केही महिनाअघि शल्यक्रिया गरिएको थियो ।

पछिल्लो केही सातादेखि स्वास्थ्यअवस्था जटिल बनेको थियो भने भने बिहीबार निधन भएको हो।

२०५८ साल मंसिर १० गते पत्रकार महासंघ मकवानपुरको अध्यक्ष भएका  क्रान्तिकारी पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष, प्रेस सेन्टर नेपालका केन्द्रीय सल्लाहकार, श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान मकवानपुरको अध्यक्ष समेत रहेका स्वर्गीय पाण्डेको पार्थिक शरीरको शुक्रबार राप्ती तटमा अन्त्यष्टी गरिएको हो ।

 

माओबादी केन्द्रकी पोलिटब्युरो सदस्य, मकवानपुर ईञ्चार्ज तथा प्रदेश सभा मकवानपुर २ (क)  उम्मेद्वार मोक्तान
बागमती प्रदेशका उपाध्यक्ष एबम् मकवानपुर तर्फबाट क्षेत्र नम्बर १ को (क)  प्रदेशसभा सदस्य उम्मेदवार प्रेम बहादुर पुलामी “छिन्तु”  नेकपा एमाले मकवानपुर अध्यक्ष मकवानपुर जिल्ला क्षेत्र नं १ को (२)  प्रदेश सभा सदस्यका उम्मेदवार एकलाल  श्रेष्ठ बिभिन्न राजनितिज्ञ  व्यक्तीत्व सञचारकर्मी लगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

स्वर्गीय कौशल पाण्डे – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)  को बागमती प्रदेश सल्लाहकार पनि  हुन् ।।

हेटौंडा उपमहानगरपालिका– ४ कमलडाँडा स्थित निवासमा पाण्डेको ७५ वर्षमा अपरान्ह ५ बजेर ४५ मिनेटमा उनको निधन भएको हो ।

वि.सं. २००४ माघ १५ गते उदयपुरको सिरूवानीमा जन्म लिएका पाण्डेले २०४० को दशकमा रौतहटबाट हिमालीबास मासिक पत्रिका निकालेर पत्रकारिता सुरुवात गरेका हुन् ।

पाण्डेले २०३९ मा देव श्रेष्ठको नाममा दर्ता भएको कुराकानी र प्रयास साप्ताहिकमा लामो समय सम्पादकीय जिम्मेवारीमा रहेर काम गरेका थिए।

पत्रकारिताकै दौरानमा बिभिन्न विषयमा कलम चलाउदा धेरै पटक प्रहरीले नियन्त्रमा लिएर हिरासतसम्म पनि राख्यो ।

मकवानपुरमा पत्रकारितको अध्यापन सुरु गर्ने पहिलो ब्यक्तिका रुपमा परिचित पाण्डेले २०४२ सालमा हेटौंडाबाट प्रयास त्रैमासिक साहित्यिक पत्रिका प्रकाशन गरेका हुुन भने हाल उक्त पत्रिका साप्ताहिकका रुपमा हेटौंडाबाटै प्रकाशन भइरहेको छ।

पत्रकारितमा गरेको कामको मुल्याङ्कन गर्दै प्रेस काउन्सिल नेपालको गोपालदास स्मृति पत्रकारिता पुरस्कार, नेपाल पत्रकार महासंघ मकवानपुर, तत्कालिन हेटौंडा नगरपालिका लगायत विभिन्न  निकायबाट विभिन्न समयमा सम्मानित भएका थिए।

हेटौंडाबाट प्रकाशन हुने हेटौंडा सन्देश दैनिकक संस्थापक सम्पादक रहेर पनि लामो समय शिक्षण पेसामा समेत आबद्ध रहेका पाण्डे सामाजिक कार्यमा समेत निकै सक्रिय रहे।

पाण्डेको निधनले पत्रकार जगत बिभिन्न संगठन लगायत निकै व्यक्तीहरुले पनि ठूलो अपुरणीय क्षति पुगेको जनाएका छन् ।
स्वर्गीय पाण्डे प्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्नेहरु हजारौं छन् ।

नेपाली पत्रकारिता, नेपाली भाषा र कला साहित्यसँग सम्बन्धित तीनवटा कृति प्रकाशित गरेका पाण्डेले पत्रकारिता जगतमा निकै योगदान दिएका   छन् । पाण्डेको भौतिक शरीर हामीमाझ नरहे पनि उनको योगदान अमर रहने छ । भावपूर्ण श्रद्धासुमन।