यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक १० गते बिहान ११ : ३७ बजे उत्तम रहेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाए अनुसार यस दिन साइत खोज्नेले बिहान ११ स् ३७ बजे उत्तर फर्केर टीका लगाउनु उत्तम रहेको समितिले जनाएको छ ।
साइतमै टीका लगाउनुपर्ने भएतापनि सर्वसाधारणका लागि त्यस दिन दिनभर टीका लगाउनु शुभ रहेको छ ।
तिहारको मुख्य दिन कात्तिक १० गतेआज बिहीबार दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाई आशीर्वाद सहित दीर्घायुको कामना गर्दछन् भने नेवारी समुदायले किजा पूजाका नाममा मनाउने पर्व पनि यसै दिन परेको छ ।
यमपञ्चक कात्तिक ५ गते शनिबारदेखि सुरु भएको हो ।
धार्मिक मान्यता अनुसार ५ गते यमदीपदान सुरु भएको र ्धनत्रयोदशी(धनतेरस) पर्व पनि त्यसै दिन मनाइएको हो ।
त्यस्तै ६ गते कागतिहार ७ गते कुकुर तिहार पर्व र ७ गते सोमबार दीपमालिका एवं लक्ष्मीपूजा गरि मनाइएको हो ।
कात्तिक ८ गते मङ्गलबार गाईपूजा संगै यस दिन सूर्यग्रहण पनि परेको थियो।
कात्तिक ९ गते बुधबार गोवद्र्धनपूजा, बलिपूजा, हलितिहार, गोरुपूजा, आत्मपूजा म्हपूजा र नेपाल संवत्को नयाँ वर्ष नेपाल संवत् ११४३ आरम्भ पनि भएको छ ।
प्रतिक्रिया दिनुहोस्