हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ स्थित कमानेमा टोल स्तरिय फुटबल खेल प्रतियोगिताको आज फाइनल खेलमाओमनगर जागरणयुवा क्लब बिजयी भएको छ।

लागुऔषध मुक्त गरौँ स्वास्थ्यका लागि खेल भन्ने अभियान सहित न्हु देवनगर नेवा युवा क्लबको आयोजनामा गरिएको खेलमा ओमगर बिजयी भएको हो।

निकै प्रतिस्प्रधाका साथ  भएको खेलमा दुबै तर्फबाट  गोल गर्न नसकेर  बराबरीमा सकिएको थियो।

जित हासिल गर्नकालागि  एकअर्काको पोष्ट सम्म बल पुर्यातापनि गोल गर्न नसहेर बराबरीमा टुङ्गिएको थियो ।

रोमाञ्क र उत्साहजनक खेलमा दुबै समुहले पहेलो कार्ड पनि पाएका थिए ।

गोलै नगरि खेलको समय सकिएपछि खेलको टुङ्गो लगाउन दिएको पेनाल्टीमा ओमनगरले तिन गोल गर्यो भने मैदाटोलले २ गोल गर्दै उपविजेता भएको हो।

खेलमा प्रथम हुने समुह ओमनगरले नगद ३० हजार रुपैँया शिल्ड र प्रमाणपत्र उपविजेता मैदाटोलले नगद १५ हजार शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन्। त्यसै गरि मैदाटोलका  विजय बिक  बेष्ट खेलाडी ओमनगरका प्रबेश लामा  वेष्ट किपर घोषित भएका थिए ।

क्लबका अध्यक्ष रामकृष्ण देउला ‘काशी’को सभाअध्यक्षताम सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि हेटौँडा उपमहानगरका मेयर हरि बहादुर  महतले बगरलाई मैदान बनाएर भएपनि खेल आयोजना गरेकोमा खुसी  व्यक्त गरे ।

कमाने बसोबासी देउला दाजुभाईले  आयोजना गरेको फुटबल प्रतियोगितका उल्लेखिनिय रहेको बताउदै आगामी  दिनमा सो स्थानमा खेल मैदान  निमार्णका लागि पालिका र व्यक्तीगत तर्फबाट आर्थिक भौतिक सहयोग गर्ने बताए ।

फागुन ७ गतेदेखि  सूरु भएको फुटबल प्रतियोगिताको समापन कार्यक्रममा वडा नम्बर ८का वडाध्यक्ष   गोपालबहाद्र श्रेष्ठको विशिष्ठ आतिथ्यता रहेको थियो ।

उक्त कार्यक्रममा मकवानपुर बहुमुखि क्याम्पसका प्रध्यापक  बोलबहादुर कार्की, खेलप्रेमी वडा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

………………………………

Hetauda-फुटबल Game Yuwaharule Gare ayojana-ओमनगरले पायो३० हजार kamane_omnagarओमनगर विजयी