मोरङमा ७० वर्षीया आफ्नै आमा चन्द्रमाया भण्डारीको हत्याको आरोपमा छोरा पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरील टोलीले हत्या गरेको आरोपमा उर्लाबारी नगरपालिका–४ आइतबारे बस्ने ३५ वर्षीय छोरा गंगा प्रसाद भण्डारीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीको जानकारी अनुसार घरायसी बिवादको क्रममा आमालाई चिरपट प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले उनलाई पक्राउ गरि गम्भीर घाइते चन्द्रमायाको मदन भण्डारी अस्पताल हुँदै ट्रमा सेण्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।