भारतमा – गएको पछल्लो २४ घण्टामा  कोरोना भाइरस संक्रमणमा कमी आएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ५१ हजार २सय ९ जनामा नयाँ कोरोना संक्रमित थपिएका छन् भने ६ सय २७ जनाको मृत्यु भएको छ ।

महामारीका कारण ज्यान गुमाउनेको संख्या ४ लाख ९२ हजार ३सय२७ पुगेको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार अहिले देशमा सक्रिय संक्रमितको संख्या २१ लाख ५ हजार ६११ पुगेको छ ।

भारतिय सञ्चार माध्यमका अनुसार हिजो तीन लाख ४७ हजार ४सय४३ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म ३ करोड ८० लाख २४ हजार ७सय ७१ जना संक्रमण मुक्त भएका छन् भने दैनिकी दरमा १२ प्रतिशतले घटेका छन् ।
राष्ट्रव्यापी खोप अभियान अन्तर्गत विहिबारमात्रै ५७ लाख ३५ हजार ६सय६२ जनालाई कोभिड बिरुद्ध खोप दिइएको हो ।

भारतमा हालसम्म १सय६४ करोड ४४ लाख ७३ हजार २सय१६ जनालाई कोभिड बिरुद्ध खोप दिइएको छ ।