हिन्दु नेपालीहरुको माहन चाड बडा दशैंको शुभकामना सहित (फूलपाती) बाट तीन नेपाली फिल्म ‘१२ गाउँ’ , ‘ज्वाइँ साब’, र ‘छक्का पञ्जा ५’ एकसाथ प्रदर्शनको तयारीमा छन् ।
सोमबारबाट यी तीन वटै फिल्मको मल्टीप्लेक्सहरुमा अग्रिम टिकट बुकिङ खुला भैसकेको छ भने चर्चा हेर्दा यसपटक कडै प्रतिस्पर्धा हुने देखिन्छ ।
यो नेपाली चलचित्र प्रर्दशनमा त्रिपक्षीय भिडन्तलाई यस वर्षकै सबैभन्दा ठूलो मानिएको छ ।
फूलपातीका तीन नेपाली फिल्मले गर्दा अघिल्लो हप्ता आएको हलिउडको ठूलो फिल्म ‘जोकर २’लाई बिहीबारबाटै उतारिँदैछ ।
फूलपातीको भोलिपल्ट (शुक्रबार) बलिउड अभिनेत्री आलिया भट्ट स्टारर फिल्म ‘जिग्रा’ रिलिज हुन लागेको छ ।
चचित्रहरु हेटौंडामा हेर्न चाहनेहरुका लागि थप जानकारी लिन सक्नुहुने छ । NS cinemas, Narayani Mall Hetauda -4
057-520949
…………………………..
‘१२ गाउँ’
अभिनेता विराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक गरिएपछि चर्चा बटुल्न सुरु गर्यो ।
३ मिनेट १४ सेकेण्ड लम्बाईको ट्रेलरमा देखिए अनुसार विराज भट्ट र यही फिल्मबाट डेब्यु गरेका समीर भट्ट विराजका छोरा दुवै एक्सन अवतारमा प्रस्तुत छन् ।
१२ गाउँ भन्ने ठाउँमा बसेको अत्याचारीलाई ध्वस्त पार्न गरेको संघर्ष एक्सन र संवाद हावी रहेसंगै प्रेम र पीडाको मिश्रण छ भन्न सकिन्छ । तर्सथ एक्सनप्रति रुचि हुने दर्शक र विराजका फ्यानहरुले चर्चा गरिरहेका छन् ।
विराज भट््कै कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन र निर्देशन संगै अभिनय गरेका हुन् । विराज र समीर पहिलो पटक एकसाथ देखिएका हुन् ।
फिल्ममा पूर्व ‘मिस नेपाल इन्टरनेशनल’ न्यान्सी खड्का, मोडल सनिशा भट्टराई, दीया मास्के, अर्जुन जंग शाही, कनिज कोइराला, नरेन खड्का, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, शुलेमान शंकर ‘इकु’, भिष्म जोशी, स्टन्ट सिल्भा (साउथ फिल्मका कलाकार) लगायतको पनि अभिनयरहेको छ ।
महेश पौडेलको छायांकन, अर्जुन पोखरेल र निरज सिंहको संगीत, रामजी लामिछाने र सुनिल क्षेत्रीको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।
साउथका ५० बढी फिल्ममा द्वन्द्व निर्देशन गरिसकेका साउथका स्टन्ट सिल्भाले द्वन्द्व निर्देशन गरेका छन् ।
……………..
‘ज्वाइँ साब’
बसन्त निरौला निर्देशित फिल्म ‘ज्वाइँ साब’को ट्रेलर सार्वजनिक गरिएपछि यसले पनि चर्चा बटुलिरहेको छ ।
ज्वाइँ साब बन्न पुरुष पात्रहरुले गरेको संघर्ष विवाहपछि बेहुलीको घरमा बेहुला भित्रिने कथावस्तुमा आधारित भएर फिल्म बनेको अनुमान गर्न सकिन्छ । कलाकार जितु नेपाल र निती शाहा मुख्य भूमिकामा छन् । ज्वाइँ साब’ मा ‘कसम बत्तीको’ गीत अहिले चर्चामा छ ।
विज्ञापनमा ज्वाइँ साब बन्न पाउने जानकारी पाएपछि सम्पत्तिको लोभमा विवाह गर्न युवकहरूबीच प्रतिस्पर्धा भएको बुझिन्छ ।
योग्य श्रीमान् छान्नका लागि विभिन्न प्रतियोगिताहरु गराएर सबैमा उत्तीर्ण भएका अभिनेता जितु नेपालसँग उनको विवाह भएको हो भन्ने बुभिएपनि फिल्म के हुन्छ त्यसका लागि चलचित्र हेर्नै पर्ला ।
फिल्ममा जितु र नीति सँगै बुद्धि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, सन्दीप क्षेत्री, कविता आले, शिशिर वाङ्देल, दीपक आचार्य (काकु)+, राजकुमार पण्डित, निमा पाण्डे, कमलमणी नेपाल, प्रकाश घिमिरे, सीपी पौडेल, सुमन राई, राजेन्द्र नेपाली, विश्व मुखिया, दीपक अधिकारी, इशान राउत, शिवु पाण्डे लगायतको पनि अभिनय छ ।
विजय बस्याल कार्यकारी निर्माता, मीनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको छ भने राजकुमार पण्डितको प्रस्तुतिमा बनेको हो ।
सविन अधिकारीको कथा, सन्देश शाहको सम्पादन , सञ्जय थापाको एक्सन अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत, श्याम तामाङको छायांकन रहेको छ ।
……………
‘छक्का पञ्जा ५’
‘छक्का पञ्जा’ श्रृंखलाका ‘राजा’ पात्र अर्थात् अभिनेता दीपकराजको मुख्य अभिनय रहेको पाँचौं श्रृंखलाको फिल्म ‘छक्का पञ्जा ५’ को ट्रेलर भने प्रदर्शनको ५ दिनअघि सार्वजनिक भएको हो ।
फिल्मको भिडन्त हुने पक्का भएपछि २ चलचित्रको ट्रेलर आइसक्दापनि छक्का पञ्जा’ समुहले ट्रेलर सार्वजनिक गरेको थिएन ।
बिहीबार फूलपातीदेखि प्रदर्शनमा आउने तयारीमारहेको छक्का पञ्जा’ को ट्रेलर भने प्रदर्शनको ५ दिनअघि सार्वजनिक गरियो ।
दीपाश्री निरौलाको निर्देशन रहेको फिल्ममा समावेश ‘बिहे भाको छैन’ र ‘ब्रेकअप’ गीतले फिल्मको राम्रो ‘हाइप’ निर्माण गरेपनि शनिबार सार्वजनिक ट्रेलरमा देखिए अनुसार सरकारी कार्यालयमा भ्रष्टाचारको कथा उठाएको देखिन्छ ।
दीपकराज गिरी सरकारी कर्मचारीको भूमिकामा रहेका उनीमाथि आइपर्ने संकट अनि उमेर ढल्किँदा पनि विवाह हुन नसकेको देखाइएको होकी भन्ने लाग्छ ।
‘छक्का पञ्जा’को अघिल्ला चार श्रृंखला ब्लकबस्टर भएकाले पाँचौं श्रृंखला पनि सफल हुने निमार्ण पगको दावी छ ।
अभिनयमा दिपक संगै अभिनेत्री वर्षा सिवाकोटी, केदार घिमिरे (माग्ने बुढा) निर्मल शर्मा “गैंडा”, राजाराम पौडेल, रमेश बुढाथोकी, प्रकाश घिमिरे लगायतको पनि अभिनय छ ।
फिल्ममा अभिनेता आर्यन सिग्देल केमियो भूमिकामा रहेका छन् । हरि हुमागाइँको डिओपी तथा उत्तम हुमागाइँको छायांकन रहेको फिल्ममा दीपकराज स्वयंको पटकथा लेखन कथा तथा संवादमा, केदार घिमिरे र दीलिप तामाङले साथ दिएका छन् ।
……………..
आधार बलियो भएतापनि ३ वटै फिल्मलाई यसपटक चुनौती ठूलो देखिन्छ । नेपाली फिल्म ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ ‘छक्का पञ्जा ५’कसलाई पर्ला असर ? फ्यानहरुले आफ्नै किसिमको तर्क दिइरहेका छन् ।
यसपालिको दशैंमा दर्शकलाई आफ्नो रोजाई अनुसारको फिल्म हेर्न पाउने अवसर छ भने कसले मार्छ बाजी ? हेर्न बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्