रोशन दिप – बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिका ४ नम्बर वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने भएको छ ।
भदौ २८ गते वडालाई निकृष्ट बालश्रम मुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न लागिएको वडा सदस्य गीता त्रिपाठीले जानकारी दिइन् ।
सामुदायिक र संस्थागत गरी ८ वटा विद्यालयहरु सञ्चालीत, २० वटा बाल समूह क्रियाशील रहेको वडामा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा सँगै तेस्रो बृहत् शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम समेत गरिने भएको छ । जसका लागी करिब ८ लाख खर्च हुने अनुमान गरिएको छ ।
आवश्यक ५१ वटा सूचकहरुमध्ये ४९ वटा सूचकमा पुरा गरी सकेपछि वडालाई बालमैत्री घोषणा गर्न बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्