हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ मा वडा स्तरीय टि–२० क्रिकेट प्रतियोगिताको आयोजना हुने भएको छ ।
शनिबार पत्रकार सम्मेलन गर्दै नेपाल खेलकुद महासंघ ८ नं. को आयोजनामा हुने भएको जानकारी गराइएको हो ।
खेलकुदको माध्यमबाट स्वस्थ नागरिक निमार्ण गर्ने अभियान अन्तर्गत नेकपा एमालेको जनवर्गीय संगठन नेकपा एमाले हेटौंडा–८ नं वडा कमिटीको व्यस्थापन तथा धर्मराज पुडासैनीको संयोजकत्व रहेको बताइएको हो ।
खेलमा हेटौडा उपमहानगर भित्र रहेका १९ वडाका २० देखि २२ वटा क्रिकेट टिमहरुको सहभागिता रहने अनुमान आयोजकको छ ।
आयोजकले गराएको जानकारी अनुसार करिब ३ लाख ५० हजार रुपैँया लागतको अनुमान गरिएको र प्रत्येक किकेट टिमलाई सहभागी शुल्क रु. ५ हजार लाग्ने आयोजकले जनाएकोहो।
प्रतियोगिता श्री चन्द्रोदय माध्यमिक विद्यालय हेटौडा–८ को खेल मैदानमा हुने खेलका लागि ३१ सदस्यीय क्रिकेट खेल संचालन तथा व्यवस्थापन मुल समिति र ५ वटा विभिन्न उपसमितिहरु गठन गरि वडा स्तरिय टि–२० किकेट प्रतियोगिता संचालन गर्न लागिएको संयोजक धर्मराज पुडासैनीले बताए ।
पुडासैनीले बताए अनुसार खेल प्रतियोगिताआउँदो भदौ २९ गते देखि असोज ५ गतेसम्म हुने छ । जसमा प्रथम हुने समुहले नगद रु.५० हजार,उपबिजेता हुने समुहले २५हजार,उत्कृष्ट मार्च पास गर्ने क्रिकेट टिमलाई समेत पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने छ।
त्यस्तै गरि उत्कृष्ट खेलाडी खेल क्षेत्रमा रहेका व्यक्तित्वलाई पनि सम्मान पत्र वितरण गरिने बताए।
प्रतिक्रिया दिनुहोस्