हेटौंडा उपमहानगरका वडाहरु ‘बालबालिकामा लगानी शुनिश्चित भविस्य्को थालनी’ भन्ने मुल नाराका साथ बालमैत्री वडा घोषणा भइरहेको छ ।
यसैक्रममा वडा नम्बर– ६ लाई २७ मंसिर गते विहीबार बालमैत्री वडा घोषणा गरिने भएको छ ।
मंगलबार पत्रकार सम्मेलनको आयोजना निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्रीस्थानीय शासनयुक्त वडा घोषणा गरिन लागिएको वडाध्यक्ष विष्णु बहादुर दहालले बताएका छन् ।
वडाध्यक्ष दहालले दिएकाृ जानकारी अनुसार आवश्यक ५१ वटा सुचकहरुमा ४८ सुचकहरु १सय प्रतिशत र बाँकी ४ वटामा न्युनतम प्रतिशत नतिजा हासिल भएको छ ।
हेटौंडाको १९ वडा मध्ये पूर्वी सिमानामा वडा नंं १६ र १७, पश्चिममा वडा नंं ७, उत्तरतर्फ मकवानपुरगढी र दक्षिणमा वडा नंं १५ अवस्थित ६ नम्बर वडाको क्षेत्रफल ८.५४ वर्ग कि.मी. रहेको छ ।
घरधुरी तथ्याङ्क संकलन सर्वेक्षण, २०७९ अनुसार १८ वर्ष मुनिका २ हजार १ सय बालबालिका रहेको र १ हजार १ सय ३४ बालक ९ सय ६६ बालिका छन् ।
सामुदायिक र संस्थागत र बाल विकास केन्द्र सहितका ७ वटा विद्यालयहरु सञ्चालनमा रहेको वडामा समुदाय स्तरमा १९ वटा बालसमुह १ वडा बालसन्जाल रहेको छ । जसमा ४ सय ७५ जना बालबालिकाहरु आवद्ध रहेको बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा मुल समारोह समिति संयोजक समेत रहेका वडाध्यक्ष दालले बताए ।
बालअधिकार समिति, बालसमुहहरु, बालसमुह सन्जाल, टोलविकास संस्था, युवा क्लव, आमा समूह लगायत क्रीयाशिल रहेको र वडालाई पुर्ण खोप , पुर्ण साक्षर वडा र खुल्ला दिसामुक्त वडा घोषणा भैसकेको बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस्