बागमती प्रदेशको राजधानी हेटौंडाको १०, नम्बर वडा शनिबार बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ ।

बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी भन्ने उद्देश्यले पाँचौं बालमैत्री स्थानीय शासनयुक्त वडाका रुपमा १० नम्बर वडा घोषणा भएको हो ।

१० नम्बर वडाका अध्यक्ष फूर्वादोर्जे लामाको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरकी मेयर मीना लामाको प्रमुख आतिथ्यतामा वडालाई बालमैत्री स्थानीय शासन युक्त घोषणा गरिएको हो ।

मेयर लामाले बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्दै हस्ताक्षर गरेकी हुन् ।  उक्त वडामा ५१ वटा सूचक पूरा भएसँगै वडाले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेको र ४९ वटा सूचक सय प्रतिशत, एक वटा सूचक ९० प्रतिशत र एक वटा सूचक ८१ प्रतिशत पूरा भएसँगै वडालाई ९५ प्रतिशतको सुचकसहित बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न सफल भएको वडाध्यक्ष फुर्वा दोर्जे तामाङ्गले बताए ।

वडाध्यक्ष तामाङ्गले बताए अनुसार नेपाल सरकारको मापदण्डअनुसार बालमैत्री घोषणा गर्नका लागि लगभग ढेड वर्षदेखि बालविवाह मुक्त, बालश्रम मुक्त अभियानमा लागेका वडाले घोषणा गरेको हो ।

यसअघि नै हेटौंडाको वडा नम्बर ८,२,७,१७ वडा बालमैत्री स्थानीय शासन युक्त वडा घोषणाभइसकेको छ ।

कार्यक्रममा नेपाल प्रहरी धिमेबाज पन्चे बाजा सहित १० नं.वडा भित्रका टोलविकसकान सरोकारवाला , महिल समुह राजनिति दल , उपमहानगरपालिकामा आवद्ध व्यक्तीत्व विभन्न संघ संस्थासंग सम्बन्धित बाल बालिका ,सामाजिक, विभिन्न खेलमा आवद्ध खेलाडी, बिभिन्न  वडाका वडाध्यक्ष लगायतको सहभागितामा भएको हो ।