हेटौंडा / मकवानपुर तेक्वान्दो डोजाङको आयोनमा अन्तर डोजाङ प्रतियोगिता शनिवार सम्पन्न भयको छ ।

प्रशिक्षक तथा डोजाङ प्रमुख निरु कुमारि मगरको सभाध्य्क्षता हेटौंडा उपमहानर वडानम्बर ४- का वडाध्यक्ष नविन सिग्देलको प्रमुख आतिथ्यतामा शनिवार प्रतियोगीता सम्पन्न भएको हो।

मकवानपुर तेक्वान्दो दोजाङ र चौकीटोल तेक्वान्दो दोजाङका १ सय ५ जना खेलाडीहरु सहभागी भएको प्रतियोगीतामा २जना खेलाडी उत्कृष्ट भएका छन् ।

तौलको आधारम आयोजित प्रतियोगितामा १४ केजिका पुरुष खेलाडीआयान पुरी र ३६ केजीको खेलाडी महिला तर्फ इभा जिम्वा उत्कृष्ट भएका हुन् ।

प्रतियोगीतमा खेलाडी पुरुष तर्फ १८ जना प्रथम, १८ जना द्वितीय , २४ जना तृतिय भएका हुन।

सोहिक्रममा खेलाडी महिला तर्फ प्रथम १५ जना , १५जना द्वितीय र १६ जना तृतिय भएका छन् ।

जिल्ला तेक्वान्दोसघं मकवानपुरका अध्यक्ष लालकाजि रत्न बज्राचार्य , सघंका उपाध्यक्ष ओम कुमार लामा, तेक्वान्दो नगर अध्यक्ष शुरशा ढुङगाना, जिल्ला खेलकुद बिकाश समितिमा नव नियुक्त अध्यक्ष राजकुमार मुक्तान कार्य समितिका पदाधिकारी, सल्लाहकार , खेलक्षेत्रमा आवद्ध व्यक्तित्व लगाएतको उपस्थिती रहेको थियो।

खेलकुद बिकाश समितिमा हालै नव नियुत्त हुनुभएका अध्यक्ष राजकुमार मुक्तानलाई शुभकामना तथा बधाई पत्र हस्तान्तरण समेत गरिएको हो।