तत्कालीन पञ्चायती व्यवस्थाको विरुद्धमा मोर्चाबन्दी गरेको आरोपमा क्रान्तिमा सहभागी कम्युनिष्ट योद्धा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठको सम्झनामा श्रद्धाञ्जलीसभा कार्यक्रम आयोजना गरिएको छ ।

तत्कालीन सरकारले यी पाँच जनालाई इलाम र झापाको सिमानामा पर्ने सुखानीको जंगलमा लगेर हत्या गरेपछि यो घटना ‘सुखानी काण्ड’ को नामले चर्चित छ । विसं २०२९ साल फागुन २१ गते अर्थात ४९ वर्ष अघि उहाँहरुको हत्या गरी सहादत प्राप्त भएको सम्झनामा शनिबार सुखानी शहीद स्मृति प्रतिष्ठान नेपाल, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा र अन्य कम्युनिष्ट पार्टीहरुले काठमाडौंमा श्रद्धाञ्जली सभाको कार्यक्रम आयोजना गरेको छ ।

२०२७ सालमा केपी शर्मा ओली, सीपी मैनालीलगायतको नेतृत्वमा झापा क्रान्ति शुरु भएकाे थियाे । यसैको सम्झनामा यी युद्धाहरुलाई शनिबार श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम तय गरिको नेत्रविक्रम चन्द विप्लवले बताउनुभयो ।

प्रतिष्ठानले उहाँहरुको सम्झनामा निर्माण गरिएको इलाम र झापाको सिमानामा पर्ने घटनास्थललाई शहीद स्मारकमा माल्यार्पण गरेर सम्मान गरिएको छ । सरकारले कम्युनिष्ट आन्दोलनलाई उचाइमा पु¥याउने झापा विद्रोहसँगै हत्या गरिएका उहाँहरुलाई सरकारले २०७२ फागुन १८ गते शहीद घोषणा गरेको थियाे ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो