सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा पशुपतिनगरले नव निर्वाचित जनप्रतिनिधिलाई स्वागत गर्दै बधाई दिएको छ ।
स्थानीय तहको निर्वाचन २०७९को निर्वाचनमा निर्वाचित जन प्रतिनिधिहरुलाई स्वागत गर्दै जनताले दिएको मतको कदर गर्दै निश्पक्ष भएर काम गर्न आग्रह गरेका थिए ।
सेवा केन्द्रका अध्यक्ष राम बिष्ट सहितको टोलीनै हेटौंडा उपमहानगरमा निर्वाचित जनप्रतिनिधिहरुको कार्यकक्षमा पुगेर बधाई दिएका हुन् ।
कार्यक्रमको सहजीकरण सचिव रमिला सापकोटाले गरेकी हुन् भने वडा नम्बर १ देखि १९ सम्मका वडाध्यक्ष देखि सदस्यमा निर्वाचित जनप्रतिनिधहरुलाई बधाई दिदै पार्टीको पक्षबाट उम्मेदवार बनेपनि निर्वाचित भएकाले अब जनताको साझा बनेर सेवा दिन आग्रह गरेका थिए ।
हेटौंडा उपमहानगरको बिभिन्न वडामा पुगेर जनताको काम गर्न जनताले दिएको मतले निर्वाचित जनप्रतिधिहरुलाई काममा थप हौसला होस् र मैले जनताको काम गर्नुपर्छ भन्ने स्मरण गराउन कार्यक्रम गरिएको सेवा केन्द्रका अध्यक्ष राम बिष्टले बताए ।
प्रतिक्रिया दिनुहोस्