भारतिय भोजपुरी चलचित्रका चर्चित सुपर स्टार खेसारीलाल यादवलाई  रौतहटको मौलापुर नगरपालिकामा एक कार्यक्रममा ल्याईएको छ ।

मौलापुर नगरपालिका नेपालका राजनीतिज्ञहरु, नेपाली र भारतीय कलाकार, गायक गायिकाहरु बोलाएर मधानी महायज्ञको साथै पुरातात्विक महादेव मन्दिरको प्रचारमा सक्रिय छ भने यसपटक खेसारीलाल यादवलाई लयाईएको हो ।

महिलामा पनि काम गर्न सक्ने क्षमता हुन्छ भन्ने सहास देखाउदै महिला नेतृत्वको मेयर रिना कुमारी साहको सक्रियतामा  ल्याईएको हो ।

२०७६ सालमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सुरु भएको मधानी महायज्ञको संस्करणमा भारतीय कलाकारहरुको उपस्थितिदेखिएको हो भने पूर्व मन्त्रि प्रभु शाहको संरक्षण तथा बरिष्ठ संगीतकार शिखर सन्तोषको संयोजनमा खेसारीलाललाई रौतहटमा ल्याईएको थियो।

मौलापुर नगरपालिकाको पहलमा आयोजित कार्यक्रममा लाखौँ  दर्शकहरुमाझ खेसारीलालले आफ्नो प्रस्तुति प्रर्दशन गरेको संगीतकार शिखर सन्तोषले बताए ।

यसै विषयमा शिखर सन्तोष भन्छन्  “मौलापुर नगरपालिकाको पतौरामा रहेको पुरातात्विक महादेव मन्दिरमा नगरपालिकाले महाशिवरात्रीको अवसरमा मधानी महायज्ञ गर्दै आएको जानकारी पाएँ । मौलापुर नगरपालिकाले मधानी यज्ञलााई विशेष प्राथमिकता दिएर स्थानीय संस्कृतिलाई महोत्सवको रुप दिने गरेको रैछ ।यसअघि यादव कार्यक्रमको लागि नेपाल आँउदा कार्यक्रममा यादव नआएको भन्दै चारवटा गाडी जलाइएको थियो ।आएर पनि कला प्रस्तुत गर्न जान नपाएको हो भन्दै आयोजकको गल्तीहो । घटना हुनुमा दर्शक आन्दोलनकारीको होईन् भन्दै आयोजकसंग क्षतिपुर्तीको माग गर्नुभएको थियो । त्यसले परेको असर भने अहिलेको कार्यक्रमले हटेको छ । स्टेज कार्यक्रममा खेसारीलालसित आफूले पहिलोपटक प्रस्तुति दिन पाएको भनी खुसी व्यक्त गर्नुभयो ।”

कार्यक्रममा मौलापुर नगरपालिका आयोजक समुह, आफ्ना शुभचिन्तक दर्शकको मायालाई कहिल्यै नभुल्ने यादवले बताएका थिए ।

कार्यक्रममा भारतीय कलाकार यादवले नेपालमा आफ्नो पहिलो औपचारिक कार्यक्रममा उपस्थित हुन पाएको बताएका थिए।

कलाकार रानी चटर्जीले औपचारिक स्टेज कार्यक्रममा खेसारीलालसित आफूले पहिलोपटक प्रस्तुति दिन पाएको भनी खुसी व्यक्त गरेकी थिइन्।भोजपुरी स्टार यादव संगै कलाकार रानी चटर्जी कलाक्षेत्रका नेपाली महानायक राजेश हमाल लगायत बिभिन्न कलाकारहरुको बेजोड प्रस्तुती रहेको रहेको थियो ।

 

तस्विर rashtriyadainik.com