राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान भएको बताउनुभएको छ । हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायको विशेष पर्व ग्याल्बो ल्होसारको अवसरमा शुभकामना दिनुहुँदै उहाँले भन्नुभएको छ, “नेपालको यही विशिष्ट पहिचानले हाम्रो राष्ट्रिय सामथ्र्यलाई अझ बलियो बनाउन मद्दत गरिरहेको छ । हाम्रो देश नेपाल जसरी भौगोलिक र प्राकृतिक रूपमा विविधतायुक्त रहेको छ । त्यसैगरी सामाजिक र सांस्कृतिक विविधतालेसमेत सुसज्जित छ ।” राष्ट्रपतिले यस्ता पर्वहरूको माध्यमबाट नेपालीबीच आपसी एकता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन गई बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो