रोशन दिप – बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिका वडा नं ४ स्थित हेटौंडा क्याम्पसमा सोमबार सरसफाइ कार्यक्रम गरिएको छ ।
नेपाली कांग्रेसका संस्थापक नेता विश्वेवश्वरप्रसाद कोइराला (विपि)को १११औँ जन्म जयन्ति पारेर काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी (नेवि) संघ मकवानपुर र हेटौडा क्याम्पसको नेवि संघ इकाई समितिले संयुक्त आयोजना गरेको हो ।
नेपाली राजनीतिका शीर्ष व्यक्तित्व मानिने विपीले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्वान्तलाई आत्मसाथ गरी आफ्नो राजनीतिक यात्रामा राष्ट्रिय मेलमिलापको नीतिलाई सर्वोपरी मान्दथे । उनको योगदान वर्तमान समयमा पनि उत्तिकै महत्वपूर्ण मानिन्छ।
नेपालको जारी संविधान निर्माण प्रक्रिया र राजनीतिक अस्थिरतामा विपिको आदर्श, मूल्य र मान्यता अहिलेको वर्तमान समयमा पनि समय सामयीक मानिन्छ । उनलाई नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्रीका साथै नेपाली साहित्य जगतमा पनि विशिष्ट व्यक्तित्वका रुपमा हेरिन्छ ।
विसं १९७१ भदौ २४ गते जन्मेका विपिको निधन विसं २०३९ साउन ६ गते भएको थियो । उनको जन्म जयन्तिलाई हरेक वर्ष विभिन्न कार्यक्रम गरि मनाइँदै आएको छ । जस अन्तर्गत यसपाली सरसफाइ कार्यक्रम राखिएको हो ।
नेवि संघ मकवानपुरका कार्यवहाक अध्यक्ष सन्तोष चौलागाईको सभाध्यक्षता तथा नेवि संघका केन्द्रीय सदस्य मिलन पुडासैनीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।
जिल्ला सचिव आशिष बास्तोलाले सञ्चालन गरेको सो कार्यक्रममा नेविसंघ हेटौडा क्याम्पस इकाई अध्यक्ष युवराज विश्वकर्माले शब्दहरुको माध्यबाट मन्तव्य राख्दै क्यामपसमा विद्यार्थीहरुलाई स्वागत गरेका हुन् ।
जिल्ला सदस्य कृष्ण ढकाल को संयोजकत्वमा भएको कार्यक्रम प्रजातान्त्रिक प्रध्यापक संघका अध्यक्ष गोबिन्द पोख्रेल, नेविसंघ हेटौडा क्याम्पस इकाई अध्यक्ष युवराज विश्वकर्मा लगाएत विद्यार्थीहरुको बाक्लो उपस्थितिमा हाता सरसफाइ गरेर समापन गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्