संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले चोरी/निकासी भएका मूर्ति फिर्ता ल्याउन पहल गर्ने बताएका छन्।

बुधबार अमेरिकाको न्यूयोर्कस्थित रुविन म्युजिमय अफ आर्टबाट नेपाल फिर्ता ल्याइएका मूर्ति हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री आलेले चोरी/निकासी भएका सांस्कृतिक सम्पदालाई फिर्ता ल्याउन सम्बन्धित निकाय र संचारकर्मीहरुबाट सहयोग पाउने विश्वास व्यक्त गरे।

२२ हजार अमेरिकी डलर बराबरको पुरातात्विक महत्वको सांस्कृतिक सम्पदा फिर्ता भएको पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले जानकारी दिए।

१७ औं शताब्दीको काठको कलात्मक तोरण, १४ औं शताब्दी कालका उडिरहेको गन्धर्वको आकृति कुँदिएको काष्ठकला र १३ औं शताब्दीको मल्लकालिन ध्यानमुद्रामा रहेको प्रस्तरको बुद्धको मूर्ति काठमाडौं ल्याइएको हो।

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो