
प्रतिक्षा विश्वकर्मा
कहिले आउला त्यो दिन, जुन दिन म पनि यो समाजमा खुलेर बाच्न सकु
कहिले आउला त्यो दिन, जुन दिन म पनि खुलेर हाँस्न सकु
कहिले आउला त्यो दिन, जुन दिन म पनि आफ्नो मनको कुरा
कसैलाई व्यक्त गर्न सकु
साथीहरु पनि हुँदा रैहेछन् घाती
सबैले औला उठाउँछन् मै माथि
समाजले हेर्छ मलाई गेको रूपमा
म आफैलाई थाहा छैन, म जन्मिएँ केको रूपमा
जिवन संग हारेर मृत्यु खोज्दै छु अब
यस्तो सोच आयो समाजले घृणा गरे जब
अवसर खोजे समाजमा आफुलाई चिनाउने
तर मात्र एक आवसर पाए आफुलाई गुमाउने
कक्षा ८
श्री चण्डिका मा.वि
शिखरकटेरी, मकवानपुर गढी
प्रतिक्रिया दिनुहोस्