चितवनको भरतपुर महानगरपालिकाको आयोजनामा बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।

भरतपुर महानगरपालिका मेयर रेनु दाहालको नेतृत्वमा महानगर भित्रका १० वटा आधारभुत बिद्यालयमा अध्ययनरत रहेका कक्षा १ देखी ५ सम्मका पढ्ने बालबालिकाहरुका लागि न्यानो कपडा वितरण गरिएको हो ।

बालबालिकासँग मेयर कार्यक्रम अन्तर्गत महानगरको सभाहलमा गरिएको कार्यक्रममा भरतपुरमा रहेका विभिन्न बिद्यालयका बालबालिकालागि १ हजार १ सय ८१ जनालाई न्यानो कपडा वितरण गरिएको हो ।

वडा नम्बर २६ मा रहेको आधारभुत खद्रौलीका १सय १५, भरतपुर वडा नम्बर २६ मै रहेको श्री आधारभुत बिद्यालय कोइलाहाका १सय ४८, भरतपुर वडा नम्बर २६ को आधारभुत बिद्यालय भगडीका ७५, भरतपुर वडा नम्बर २४ मा रहेको प्रा.वि धुर्बनगरको १सय २०, भरतपुर वडा नम्बर २८ मा रहेको श्री राष्ट्रिय आधारभुत स्कुल लौखारीका ९६, भरतपुर वडा नम्बर २२ मा रहेको श्री आधारभुत स्कुल धनैजीका १सय ४१, भरतपुर वडा नम्बर २५ मा रहेको लेबर नगरको १सय ३५, भरतपुर वडा नम्बर २१ मा रहेको कालिका नि.मा.बी मनिपुरका ६१, भरतपुर वडा नम्बर २३ मा रहेको कदमपुर बिद्यालयका १सय ७४ र भरतपुर वडा नम्बर १३ उज्वलनगरका १सय १६ जना गरी १ हजार १ सय ८१ जना बालबालिका लागि उक्त कपडा उपलब्ध गराईएको छ ।

कोभिडको मध्यनजर गर्दै संक्रमणको जोखिमलाई नहोस भन्दै मेयर दाहालले उक्त कपडा बिद्यालयका प्रधानध्यापकलाई हस्तान्तरण गरेको बताइन् । उनले आर्थिक स्थिती कमजोर, बिपन्न, असाहय बालबालिकाहरु कपडाका कारण शिक्षाबाट बन्चित हुन नपरोस् भन्ने उद्देश्यले न्यानो कपडा बितरण गरिएको बताइन् ।

आधारभुत बिद्यालयलका विद्यार्थीलाई साईकल बितरण, स्कुल बस बितरण, छात्रवृत्ति वितरण लगाएतको कार्य गर्दै आएसंगै बालबालिका हाम्रा भबिष्य भन्ने उदेश्यले शैक्षित गुणस्तरका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जाने बताइन् ।

कार्यक्रमा महानगर उप –प्रमुख पार्वती शाह, शैक्षिक प्रशासन महाशाखाका शाखा अधिकृत ऋीषिरामा शर्मा, नगर शिक्षा अधिकारी महेन्द्र प्रसाद पौडेल, विद्यालका प्रधानध्यापक, लगाएतको उपस्थिति रहेको थियो ।

picture-

Renu Dahal.

facebook