हेटौंडा / मकवानपुर प्रहरीले गरेको अप्रेशनमा लागुऔषध गाँजा सहित १ जना र चोरी आरोपमा सामाग्री सहित ९ जनालाई बिहिबार सार्वजानीक गरेको छ ।

सोहीक्रममा गाँजा तस्करीको आरोपमा १ जना र चोरीको आरोपमा ८ जना गरि पक्राउ परेका ९ जनाको विषयमा बिहिबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।
………………….

प्रहरीले सार्वजनीक गरेर दिएको जानकारी अनुसार हेटौंडा ९मा अवस्थित हेटौंडा सिमेन्ट उद्योगबाट तार चोरीको आरापमा हेटौँडा– १२ का मनिराज थोकर,– १३ का सन्तबहादुर तितुङ र भारतको मोतिहारीका दिलखुशकुमार साहलाई पक्राउ गरिएको बताए ।

असोज २३ गते राति हेटौंडा सिमेन्ट उद्योगको पश्चिमतर्फको रोपे देखि क्रसरसम्म जाने ६ इन्च र ४ इन्चको बिजुलीको तामाको तार सातजनाको समूहमा आएका व्यक्तिहरुले चोरी गरेका थिए। अन्यको भने खोजी भइरहेको प्रहरी प्रमुख विश्वराज खड्काले बताए।
चोरीमा आरापी थोकर र तितुङले उक्त तार हेटौंडा– ४ वनविज्ञान नजिकै कवाडीमा बिक्रि गरेका भनेपछि सोहि क्रममा कवाडी सञ्चालक दिलखुशकुमारसहित थोकर र तितुङलाई पक्राउ गरिएको हो।

हेटौंडा– ८ मा निर्माणाको क्रममा रहेकोघरबाट २ जना, हेटौंडा ८ र २ बाट मोटरसाइकल, म्युजिक सिस्टम र नगद चोरी गरेको १ जना र लेनडाँडाबाट ३७ किलो सेतो धातुको बिजुलीको तार चोरी गरेको आरापमा २ जनालाई पक्राउ गरेको हो।

यस्तैगरि हेटौंडा ८ कमानेमा रहेको कर्णावती मार्गस्थित शिव गौतमको निर्माणाधिन घरबाट बिजुलीको तार चोरी गरेको आरोपमा स्थानीय २८ वर्षीय सुमन राई र २५ वर्षीय समिर घिमिरे पक्राउ परेका हुन् ।

वडा नम्बर ८ मा रहेको हेटौंडा फन भिल्लाबाट साउण्ड सिस्टम १ थान र नगद २० हजार हेटौंडा २ शान्तिटोलबाट राजेश थापा क्षेत्रीको ना ३ प ४७३ नम्बरको यामाहा कम्पनीको मोटरसाइकल चोरी गरेको आरोपमा हेटौंडा ८ कमानेका २४ वर्षीय सुशान्त श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको हो।
त्यस्तैगरि मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ शिखरकटेरीस्थित कान्ति लोकपथ सडक खण्डबाट ३७ किलो सेतो धातुको तारसहित २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा फाष्ट ट्रयाकमा वेल्डिङको काम गर्ने कन्चनपुरको बेलडी ३ का २४ वर्षीय राजेश्वर चौधरी र राहुल चौधरीलाई प्रदेश २–०१–००३ प ६१०५ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो।

मकवानपुरमा पर्ने हेटौंडा १९ स्थिठ ईलाका प्रहरी कार्यालय नेवारपानी प्रहरी टोलीले लागुऔषध गाँजासहित हेटौँडा–३ बसामाडीका २४ वर्षीय पन्चलाल थिङलाई नियन्त्रणमा लिएको छ ।

बुधबार पूर्व–पश्चिम राजमार्गाअन्तर्गत रजैयाबाट बागमती प्रदेश ०१–०२५ च ७८७१ नम्बरको योद्धा पिकअप गाडीबाट गाँजा बरामद गरेको जनाएको हो ।

उनिहरुका विषयमा थप अनुसन्धान गर्न मकवानपुर जिल्ला अदालतबाट चोरीका आरोपीहरुका लागि ६ दिन र लागुऔषधमा पक्राउ परेकाहरुका लागि ८ दिन र अनुमति समेत लिएको मकवानपुर प्रहरी प्रमुख एसपी विश्वराज खड्काले बताए ।