मकवानपुर । प्रहरीले अवैध नदीजन्य पदार्थ उत्खनन् गर्ने ६ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा ६ वटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।

जिल्लाको हेटौडा स्थित राप्ती खोलामा उत्खनन् गरिरहेका ना. ६ त ३७८३, ना. ४ त ५७०७, ना. ६ त २९१७, ना. ६ त १०५१, ना. ७ त ५९७२, र Ontest नम्बरको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।

उक्त ट्याक्टरहरु अवैध रुपमा नदीजन्य पदार्थ ग्राबेल उत्खनन् गरि लोड गरिरहेको अवस्थामा फेला परेकोले नियन्त्रणमा लिईएको प्रहरीको भनाई छ । सो ट्याक्टरहरु आवश्‍यक कारवाहिको लागी जिल्ला समन्वय समितिको कार्यालय पठाउने कार्य भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।