मकवानपुरको हेटौँडामा ‘जिल खाइरहेको एक्काइसौं शताव्दी’ आएको छ ।

साहित्यकार तथा कवि शान्ति प्रियवन्दनाद्धारा लिखितक पहिलो कृति कविता संग्रह ‘जिल खाइरहेको एक्काइसौं’ शताव्दी’ सार्वजनिक गरिएको हो ।

मकवानपुरे माटोमा रहेकी प्रियवन्दनाले २०५४ सालदेखि नै लेखन यात्रा सुरु गरेकि हुन् भने निकै मेहनत र परिश्रम सिंचेर कृति प्रकाशनमा ल्याएकी हुन् ।

रत्न पुस्तक भण्डार काठमाडौंले प्रकाशन गरेको कविता संग्रहमा ३५ वटा कविता समेटिएको छ भने ‘जिल खाइरहेको एक्काइसौं शताब्दी’ कविता संग्रहमा रहेका कविता मध्य भावना सापकोटा, मायानितु न्यौपाने र रेनुका जिसीले गरि तीन वटा कविता वाचन गरिएको थियो ।

कृतिकारका बारेमा कार्यक्रमकी प्रमुख अतिथि साहित्यकार कुन्ता शर्मासाहित्यकारहरु सुवास खनाल डा. विन्दु शर्मा र प्राध्यापक घनश्याम घिमिरेले खुलेरै प्रसंसा गरेका थिए भने कवितामा महिलाका कथा रहेको र महिला सशक्तीकरणमा उल्लेख्य प्रगति भएको पनि जानकारी गराइएको थियो ।

२०५४ सालदेखि नै कविता लेख्न सुरु गरेको र २५ वर्षपछि पहिलो कृति तयार परको बताउँदै बुबाका कारण नै साहित्य क्षेत्रमा स्मरण आफ्ना स्वर्गीय बुबा र छोरा दृष्टान्तका बुबालाई सम्भिएर प्रियबन्दना भावुक समेत भएकी थिईन् ।

आफ्नो साहित्य जीवनका बारेमा संक्षिप्त कुरा राख्नुहुँदै कृतिकार शान्ति प्रियवन्दनाले कविता संग्रहमा समावेश रहेको ‘जवाफ पाउँ शरदार’ शीर्षकको कविता वाचन गरेकी थिईन्।

नारी मुक्तिको बाटो खोज्ने प्रियवन्दनाको ‘जिल खाइरहेको एक्काइसौं शताब्दी’भित्रका कवितामा मनका ,समाजका व्यक्तिदेखि, राष्ट्रिय राजनीतिका विषयलाई उठाइएको छ ।

सर्जक सञ्जाल मकवानपुरको आयोजनामा कृति विमोचन कार्यक्रम भएको हो । सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलको अध्यक्षता तथा साहित्यकार कुन्ता शर्माको प्रमुख आतिथ्यमा कविता संग्रह विमोचन गरिएको कवितामा विद्रोही भावका तर,सरल भाषामा लेखिएको छ ।

कार्यक्रमका अतिथिसहित कृतिकार शान्ति प्रियवन्दनासहित उहाँकी आमा मैना सुवेदी र छोरा दृष्टान्तले एकसाथ कृति विमोचन गरेका थिए ।