हेटौंडा /  अजरबैजानको बकुमा हुन भइरहेको COP29 को GLOBAL DAY OF ACTION 2024 को अवसरमा भोलि शनिबार हेटौंडामा न्यायपूर्ण जलवायु वित्तको माग गर्दै जनप्रदर्शन हुने भएको छ।

बकुमा उपस्थित विभिन्न राष्ट्रका प्रतिनिधिहरू समक्ष हेटौँडाको आवाज पुर्‍याउने हेतुका साथ कार्यक्रम आयोजना गरिएको हो। हेटौंडाका स्वतन्त्र युवाहरूको आयोजनामा हुन लागेको यो प्रदर्शन वन विज्ञान अध्ययन संस्थानको प्राङ्गणबाट बिहान ७:३० बजे सुरु हुने छ।

आयोजक स्वतन्त्र युवाहरूले सबै सचेत नागरिक, विद्यार्थी, युवा तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूलाई यस कार्यक्रममा सहभागी हुन आह्वान गरेका छन्। जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि न्यायोचित वित्तीय व्यवस्था र सहयोगको माग गर्दै यो प्रदर्शन हुन लागेको आयोजकले जनाएका छन् ।

रातो समाचार संवाददाता
थप जानकारी