हेटौंडा/ हिन्दु नेपालीहरुको माहन चाड बडा दशैंको शुभकामना सहित (फूलपाती) बाट तीन नेपाली फिल्म ‘१२ गाउँ’ , ‘ज्वाइँ साब’, र ‘छक्का पञ्जा ५’ एकसाथ प्रदर्शनआएको छ ।
सोमबारबाट यी तीन वटै फिल्मको मल्टीप्लेक्सहरुमा अग्रिम टिकट बुकिङ खुलाभएसंगै नेपाली चलचित्र प्रर्दशनमा त्रिपक्षीय भिडन्तलाई यस वर्षकै सबैभन्दा ठूलो मानिएको हो ।
यसैक्रममा हेटौंडा उपमहानगरमा पनि प्रर्दशनमा आएको छ ।
हेटौंडाको एनएसमा दर्शकहरुले चलचित्र हेरे अनुसार ओपनिङ्गमा
छक्का पञ्जा ५’ मा अत्याधिक दर्शकहरु आएका छन् । ‘ज्वाइँ साब’, मा न्युन छन् भने बिराज भट्टको ‘१२ गाउँ’ दोस्रो स्थानमा छ ।
…………………………
……………………………
‘छक्का पञ्जा ५’
‘छक्का पञ्जा’ श्रृंखलाका ‘राजा’ पात्र अर्थात् अभिनेता दीपकराजको मुख्य अभिनय रहेको पाँचौं श्रृंखलाको फिल्म ‘छक्का पञ्जा ५’ हो ।
दीपाश्री निरौलाको निर्देशन रहेको फिल्ममा समावेश ‘बिहे भाको छैन’ र ‘ब्रेकअप’ गीतले फिल्मको राम्रो ‘हाइप’ निर्माण गरेको थियो ।सरकारी कार्यालयमा हुने भ्रष्टाचारको कथा उठाएसंगै अहिलेको अवस्था अनुसार फिल्म बनेको दर्शकहरु बताउछन् ।
दर्शकहरु भन्छन् “टिम अपुरो भयो पुरा चाहियो ।”
दीपकराज गिरी सरकारी कर्मचारीको भूमिकामा रहेका उनीमाथि आइपर्ने संकट अनि उमेर ढल्किँदा पनि विवाह हुन नसकेको देखाइएको होकी भन्ने लाग्छ ।
‘छक्का पञ्जा’को अघिल्ला चार श्रृंखला ब्लकबस्टर भएकाले पाँचौं श्रृंखला पनि सफल हुने निमार्ण पगको दावी छ ।
अभिनयमा दिपक संगै अभिनेत्री वर्षा सिवाकोटी, केदार घिमिरे (माग्ने बुढा) निर्मल शर्मा “गैंडा”, राजाराम पौडेल, रमेश बुढाथोकी, प्रकाश घिमिरे लगायतको पनि अभिनय छ ।
फिल्ममा अभिनेता आर्यन सिग्देल केमियो भूमिकामा रहेका छन् । हरि हुमागाइँको डिओपी तथा उत्तम हुमागाइँको छायांकन रहेको फिल्ममा दीपकराज स्वयंको पटकथा लेखन कथा तथा संवादमा, केदार घिमिरे र दीलिप तामाङले साथ दिएका छन् ।
…………………………………
ज्वाइँ साब’
बसन्त निरौला निर्देशित फिल्म ‘ज्वाइँ साब’ले पनि चर्चा बटुलिरहेको छ ।
ज्वाइँ साब बन्न पुरुष पात्रहरुले गरेको संघर्ष विवाहपछि बेहुलीको घरमा बेहुला भित्रिने कथावस्तुमा आधारित भएर फिल्म बनेको अतिख राम्रो दर्शकहरु भन्छन् ।कलाकार जितु नेपाल र निती शाहा मुख्य भूमिकामा छन् ।
विज्ञापनमा ज्वाइँ साब बन्न पाउने जानकारी पाएपछि सम्पत्तिको लोभमा विवाह गर्न युवकहरूबीच प्रतिस्पर्धा भएको कथामा छ ।
योग्य श्रीमान् छान्नका लागि विभिन्न प्रतियोगिताहरु गराएर सबैमा उत्तीर्ण भएका अभिनेता जितु नेपालसँग उनको विवाह भएको हो भन्ने बुभिएपनि फिल्म के हुन्छ त्यसका लागि चलचित्र हेर्नै पर्ला है ।
फिल्ममा जितु र नीति सँगै बुद्धि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, सन्दीप क्षेत्री, कविता आले, शिशिर वाङ्देल, दीपक आचार्य ९काकु०ं, राजकुमार पण्डित, निमा पाण्डे, कमलमणी नेपाल, प्रकाश घिमिरे, सीपी पौडेल, सुमन राई, राजेन्द्र नेपाली, विश्व मुखिया, दीपक अधिकारी, इशान राउत, शिवु पाण्डे लगायतको पनि अभिनय छ ।
विजय बस्याल कार्यकारी निर्माता, मीनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको छ भने राजकुमार पण्डितको प्रस्तुतिमा बनेको हो ।
सविन अधिकारीको कथा, सन्देश शाहको सम्पादन , सञ्जय थापाको एक्सन अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत, श्याम तामाङको छायांकन रहेको छ ।
…………………………….
‘१२ गाउँ’
अभिनेता विराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’ सफल हुने संकेत देखिएको छ ।
फिल्मबाट डेब्यु गरेका विराज भट्टका छोरा समीर भट्ट एक्सन अवतारमा प्रस्तुत छन् ।
१२ गाउँ भन्ने ठाउँमा बसेको अत्याचारीलाई ध्वस्त पार्न गरेको संघर्ष एक्सन र संवाद हावी रहेसंगै प्रेम र पीडाको मिश्रण
भन्दै दर्शकहरुले समिरको तारिफ गरिरहेका छन् ।
छ भन्न सकिन्छ । तर्सथ एक्सनप्रति रुचि हुने दर्शक र विराजका फ्यानहरुले चर्चा गरिरहेका छन् ।
विराज भट्टकै कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन र निर्देशन संगै विराज र समीर पहिलो पटक एकसाथ देखिएका हुन् ।
फिल्ममा पूर्व ‘मिस नेपाल इन्टरनेशनल’ न्यान्सी खड्का, मोडल सनिशा भट्टराई, दीया मास्के, अर्जुन जंग शाही, कनिज कोइराला, नरेन खड्का, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, शुलेमान शंकर ‘इकु’, भिष्म जोशी, स्टन्ट सिल्भा (साउथ फिल्मका कलाकार) लगायतको पनि अभिनयरहेको छ ।
महेश पौडेलको छायांकन, अर्जुन पोखरेल र निरज सिंहको संगीत, रामजी लामिछाने र सुनिल क्षेत्रीको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।
साउथका ५० बढी फिल्ममा द्वन्द्व निर्देशन गरिसकेका साउथका स्टन्ट सिल्भाले द्वन्द्व निर्देशन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्